ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीबारे प्रचण्डको ब्रिफिङ : अहिले पनि पहिचानको पक्षमा छौँ, निर्णयका बेला गल्ती भयो


एबीसी / संवाददाता
चैत्र २३, २०७९ बिहीबार  ७ : ५७ बजे

काठमाडौँ, २३ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू अहिले पनि पहिचानकै पक्षमा रहेको बताएका छन् । बुधबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका उनले कोशी प्रदेश नाम राख्दा गल्ती हुन पुगेको बताए ।

“पूर्व १ नम्बर प्रदेश नामाकरणको विषयमा हामी पहिचानको अडानमै छौँ,” उनले बैठकमा ब्रिफिङ गर्दै भने, “त्यो प्रदेशमा रहनुभएका साथीहरूबाट कोशी नाममा निर्णय गर्ने बेला अडान लिन सक्नुभएन ।” उनले अहिले पनि माओवादी पहिचानको मुद्दामा तलमाथि नहुने बताए । “तर, म तपाईंहरूलाई के विश्वस्त गराउन चाहन्छु भने हाम्रो पार्टी अहिले पनि पहिचानको मुद्दामा तलमाथि हुँदैन र हुने छैन,” उनले त्यसक्रममा भने ।

गत फागुन १७ गते प्रदेश १ को नाम कोशी प्रदेश जुराउँदा प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा मत विभाजनका क्रममा दुई तिहाइका लागि ६२ मत आवश्यक रहेकामा प्रस्तावको पक्षमा सत्तारूढ दलहरू नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा विपक्षमा नेकपा (एकीकृत समाजवादी)का ४ सदस्यले मतदान गरेका थिए ।

तर, पहिचान पक्षधरहरूले किरातसहितका नाम अघि सारेर आन्दोलन चर्काइरहेका बेला प्रचण्डले बैठकमा यो ब्रिफिङ गरेका हुन् । कोशीले पहिचान पक्षधहरूको भावनामा ठेस पुगेको भन्दै एक महिनादेखि लगातार आन्दोलन चलिरहेको छ ।

माओवादीले जनयुद्धदेखि नै जातीय पहिचानसहितको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो । तर, सातै प्रदेशको नाम भूगोल र नदीबाट राखिँदा माओवादीले आफूलाई पहिचानको अडानमा टिकाइराख्न सकेन ।

कोशीमा पनि माओवादीको समर्थनसहित दुई तिहाइ बहुमतले नाम जुरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com