ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोनालाई स्तब्ध पार्दै रियल मड्रिड फाइनलमा


एबीसी / संवाददाता

काठमाडौँ, २३ चैत । रियल मड्रिड चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई स्तब्ध पार्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

मड्रिडले सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै ४–० गोलको जित हात पार्‍यो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जेमाले ह्याट्रिक गरे ।

क्याम्प नोउमा भएको पहिलो लेगमा बार्साले १–० गोलको अग्रता लिएको थियो । तर, घरेलु मैदानमा भने जाभी हर्नान्डेजको टोलीले लय गुमायो ।

पहिलो हाफको इन्जुरी समयमा मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै १–० को अग्रता दिलाए । उनले कप्तान करिम बेन्जेमाको पासलाई गोल गर्न सफल भए । उनको जारी सिजनमा यो २०औँ गोल हो ।

त्यसपछि तीनै गोल बेन्जेमाको नाममा रह्यो । ५०औँ मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । ५८औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै मड्रिडलाई सहज जिततर्फ अघि बढाए ।

८०औँ मिनेटमा भिनिसियसले मिलाइदिएको बलमा बेन्जेमाले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि कार्लोस एन्सेलोटीको टोली सानदार जितका साथ उपाधि नजिक पुग्यो । बेन्जेमाको मड्रिडका लागि यो लगातार दोस्रो ह्याट्रिक हो । उनले गत आइतबार ला लिगाको खेलमा रियल भल्लाडोलिडलाई ६–० गोलले पराजित गर्दा ह्याट्रिक गरेका थिए ।

यस जितसँगै मड्रिडले दुई साताअघि ला लिगामा भोगेको हारको बदला लिन सफल भएको छ । अब उपाधिका लागि मड्रिडले ओसासुनासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com