ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोनालाई स्तब्ध पार्दै रियल मड्रिड फाइनलमा


एबीसी / संवाददाता
चैत्र २३, २०७९ बिहीबार  ७ : १२ बजे

काठमाडौँ, २३ चैत । रियल मड्रिड चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई स्तब्ध पार्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

मड्रिडले सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै ४–० गोलको जित हात पार्‍यो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जेमाले ह्याट्रिक गरे ।

क्याम्प नोउमा भएको पहिलो लेगमा बार्साले १–० गोलको अग्रता लिएको थियो । तर, घरेलु मैदानमा भने जाभी हर्नान्डेजको टोलीले लय गुमायो ।

पहिलो हाफको इन्जुरी समयमा मड्रिडका भिनिसियस जुनियरले गोल गर्दै १–० को अग्रता दिलाए । उनले कप्तान करिम बेन्जेमाको पासलाई गोल गर्न सफल भए । उनको जारी सिजनमा यो २०औँ गोल हो ।

त्यसपछि तीनै गोल बेन्जेमाको नाममा रह्यो । ५०औँ मिनेटमा बेन्जेमाले व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे । उनले लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । ५८औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै मड्रिडलाई सहज जिततर्फ अघि बढाए ।

८०औँ मिनेटमा भिनिसियसले मिलाइदिएको बलमा बेन्जेमाले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि कार्लोस एन्सेलोटीको टोली सानदार जितका साथ उपाधि नजिक पुग्यो । बेन्जेमाको मड्रिडका लागि यो लगातार दोस्रो ह्याट्रिक हो । उनले गत आइतबार ला लिगाको खेलमा रियल भल्लाडोलिडलाई ६–० गोलले पराजित गर्दा ह्याट्रिक गरेका थिए ।

यस जितसँगै मड्रिडले दुई साताअघि ला लिगामा भोगेको हारको बदला लिन सफल भएको छ । अब उपाधिका लागि मड्रिडले ओसासुनासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com