ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारले गरेका निर्णयको जिम्मा ओली नेतृत्व सरकारले नलिने


एबीसी न्यूज
माघ १६, २०७४ मंगलबार   ४ : ३८   बजे

काठमाडौं, १६ माघ ।  पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समिति बैठकले वर्तमान सरकारले गरेका पछिल्ला निर्णयको जिम्मेवारी आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले नलिने निर्णय गरेको छ । पछिल्लो समयमा वर्तमान काम चलाउ सरकारले विभिन्न खाले निर्णय गरेको हुदा यस्ता निर्णयको जिम्मेवारी लिन नहुने बैठकले निकर्ष निकालेको छ ।

यस्तै बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभामुखको टुंगो राष्ट्रियसभाको चुनावपछि मात्र लगाउने भएको छ ।

एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउने गरी माओवादीसँग सहमति गरेको छ । सकेसम्म सहमति गर्ने र सहमति हुन नसके मतदान गरेर भएपनि पार्टीभित्रबाट नाम टुंगो लगाउने सहमति बनेको नेताहरुले बताएका छन् । बैठकले माघ २४ गते हुने राष्ट्रियसभाको चुनावका लागि सातवटै प्रदेशमा मतदातालाई अभिमुखीकरण तालीम सञ्चालन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य शंकर पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्नेछन् । प्रदेश नम्बर १ को मुख्य मन्त्रीमा भीम आचार्य र शेरधन राईको दावी छ । प्रदेश नम्बर ३ मा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्य तथा प्रदेश नम्बर ४ मा पृथ्वीसुव्वा गुरुङ र किरण गुरुङ आकांक्षी देखिनु भएको छ ।
प्रदेश नम्बर ५ मा शंकर पोख्रेलको नाम सर्वसम्मत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group