ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग


एबीसी न्यूज
चैत्र २१, २०७९ मंगलबार  १२ : ४८ बजे

काठमाडौं, २१ चैत । नौ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् ।

सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने चार सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय नै नगरी काम अगाडि बढाउन खोजिएको भन्दै भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाका जग्गाधनीले पुन सर्भे गर्न माग गरेका हुन् ।

उनीहरु सङ्घर्ष समिति निर्माण गरी विरोत्र उत्रिएका छन् । बस्ती र खेतीयोग्य जमिन नछली सर्भे गर्दा आफूहरु विस्तापित हुने अवस्था आएकाले पुन: सर्भेको माग गरिएको सङ्घर्ष समितिका संयोजक पावीहाङ राईले बताउनुभयो ।

आयोजना निर्माणका विषयमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय भोजपुरले सोमबार आयोजना गरेको अन्तरक्रियामा उहाँले राईले आयोजना मुलुकको हितमा भए पनि जबरजस्ती अघि बढाउन खोजिए आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । कार्यक्रममा उनीहरुले बस्ती विस्तापित हुने गरी गरिएको सर्भे परिवर्तन नगरेसम्म टावर राख्न नपाइने अडान राखेका छन् ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोजना र सर्र्भेका विषयमा सम्बन्धित निकायले उचित समन्वय नगर्दा समस्या देखिएको बताउनुभयो । उहाँले आयोजनाको आइपिओ निष्कासनको समयमा भोजपुरलाई पनि प्रभावित क्षेत्र मान्नुपर्ने माग रहेको बताउनुभयो ।

कार्यक्रममा आयोजनाको निर्माण अवस्थाका बारेमा जानकारी दिइए अनुसार प्रशारण लाइनका लागि टेम्केमैयुङ गाउँपालिकामा १८ वटा टावर पोल निर्माण हुने
छन् । सर्भे भए अनुसार टावर निर्माण हुन नहुने, मुआब्जा रकम बढाइनुपर्ने, तारमुनि पर्ने जग्गा र टावरको मुआब्जा एकै साथ वितरण हुनुपर्ने, प्रभावित क्षेत्र घोषणलगायतका सङ्घर्ष समितिको माग छ ।

अन्तरक्रियामा लगानी बोर्ड, विद्युत् प्राधिकरण, इञ्जिनियर, प्रभावित क्षेत्रका जनप्रतिनिधि, सम्बन्धित सरकारी कार्यालयका प्रमुख, जिल्ला समन्वय समिति, सुरक्षा निकाय, अरुण तेस्रो परियोजनासँग सम्बन्धित विज्ञ रहनुभएको थियो ।

जिल्लाको षडानन्द नगरपालिका, भोजपुर नगपालिका र टेम्केमैयुङ गाउँपालिकामा आयोजान अन्तर्गत एक सय टावर निर्माण हुनेछन् । कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा जग्गाधनीले भोजपुरमा अरुण तेस्रोले लापारवाहीपूर्वक काम गरिरहेको गुनासो गर्दै विगतमा गरिएका सम्झौता समेत आयोजनाले कार्यान्वयन नगरेको गुनासो राख्नुभएको थियो ।

षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्रकुमार उदासले अरुण तेस्रो परियोजनाको प्रभावित क्षेत्र भोजपुर पनि भए पनि जल्लाका लागि कुनै पनि विषयमा सहयोग नगरेको बताउनुभयो । “परियोजनाले चाहेमा प्रभावित क्षेत्रमा एक–एक वटा अस्पताल निर्माण गर्दा पनि हुन्छ, तर पनि उसले अहिलेसम्म जिल्लाका लागि कुनै पनि उपलब्धि मुलक काममा सहयोग गरेको छैन”, उहाँले भन्नुभयो ।

अरुण तेस्रो आयोजनाले षडानन्द नगरपालिकामा रु दुई करोड ६५ लाख ८३ हजार, भोजपुर नगरपालिकामा रु ६३ लाख ७३ हजार र टेम्केमैयुङ गाउँपालिकामा १४ लाख ४२ हजार गरी रु चार करोड २१ लाख तीन हजार मुआव्जा वितरण गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश विवाद चर्कियो: राष्ट्रपति परामर्शमा, विपक्ष आक्रामक

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

सम्बन्धित

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

रुकुम पुगेर प्रचण्डले भने–संसद छलेर अध्यादेश ल्याउनु लोकतन्त्रको खिलाफ

एकमुष्ट खारेजीको तयारी: १२०० भन्दा बढी राजनीतिक नियुक्ति हटाइने

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्दै

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

‘मालिक होइन, सेवक बनौँ’ — रास्वपा सांसदलाई रवि लामिछानेको १२ बुँदे कडा निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com