ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानी राजाको भारत भ्रमण, दिल्लीमा उच्च स्वागत


ABC NEWS

 

काठमाडौँ २१ चैत । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक सोमबार तीनदिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका छन् ।राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा राजा वाङचुक भारत आएका हुन् ।

चीनसँगको सीमा विवादका सन्दर्भमा भुटानका प्रधानमन्त्री लोटे छिरिङको ‘सफ्ट’ धारणा बाहिर आएपछि भारतको कुटनीतिक वृत्त तरंगित भएका बेला राजा दिल्ली आएका हुन् । विदेशमन्त्री एस जयशंकरले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राजा वाङचुकको स्वागत गरेका छन् । अपराह्न दिल्ली आइपुगेका राजा वाङचुक होटल ताज प्यालेसमा बसेका छन् ।

 

पहिलो दिन विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका राजाको दोस्रो दिन प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति मुर्मूसँग भेटघाट हुनेछ ।

बेल्जियम भ्रमणका क्रममा त्यहाँको मिडियालाई दिएको अन्तर्वार्तामा भुटानी प्रधानमन्त्री छिरिङले भुटानको सीमाभित्र चीनले कुनै गाउँ नबसाएको टिप्पणी गरेका छन् । जवकि २०२० को एक रिपोर्ट अनुसार भुटानको सीमा मिचेर चीनले गाउँ बसाएको कुरा बाहिर आएको थियो ।

चीनको भूटानसससंगको सम्वन्ध बढेको बेला भएको भुटानी राजाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतमा त्यही विषयले चर्चा पाएका बेला त्यसलाई भुटानी प्रधानमन्त्रीले खण्डन गरिदिएका छन् । आफ्नो अन्तरवार्तामा उनले चीनको तर्फबाट सीमा अतिक्रमण नभएको स्पष्ट पारेका छन् । भुटानी प्रधानमन्त्रीको उक्त भनाइलाई भारतमा भने चीनको दबाब वा प्रभावमा आएको भन्दै व्याख्या गरिएको छ । प्रधानमन्त्री छिरिङले डोकलम सीमा विवाद भुटान, चीन र भारतको त्रिपक्षीय विषय रहेको पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com