ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्छ मन्त्री शर्मा


एबीसी न्यूज
चैत्र २०, २०७९ सोमबार   २ : १५   बजे

काठमाडौं, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।

सञ्चारिका समूहको २६ औँ नीति तथा कार्यक्रम र बजेटमा नै सहभागी गराएर पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “सरकार पत्रकार महिलाका विषयमा गम्भीर छ, के गरेर सहयोग गर्न सकिन्छ, सल्लाह गरेर अघि बढाँै ।”

उहाँले आमसञ्चार विधेयक सञ्चार मन्त्रालयले अधि बढाएर पत्रकारलाई तालिम दिनेखालको एकेडेमी निर्माण गर्ने र त्यसले महिलाको व्यावसायिकतामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कानुनमा बाध्यकारी व्यवस्था नभएसम्म महिलाले अवसर पाउने अवस्था नभएको उल्लेख गर्दै मन्त्री शर्माले महिलाको विकास भनेको समग्र मानवको विकास हुने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिलालाई टिकाइरहनका लागि चुनौतीपूर्ण भएको उल्लेख गर्दै पत्रकार महिलालाई सक्षम बनाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकारिताका महिलालाई टिकाइरहनका लागि नेतृत्व तहबाटै पहल गर्न जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रमेश विष्टले महासङ्घ समावेशी संस्था भएको उल्लेख गदै महासङ्मा १७ प्रतिशत महिला भएको बताउनुभयो । उहाँले महिलालाई प्राथमिकतामा राखेर समान अवसर दिएको बताउँदै आगामी दिनमा पनि महिला पत्रकारलाई हरेक अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

क्रियाशील पत्रकार महिला ९डब्लु डब्लु जे०का अध्यक्ष संगीता लामाले महिला पत्रकारको हकहित र व्यावसायिक सुरक्षाका लागि काम गरिरहेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

सञ्चारिका समूहका संस्थापक अध्यक्ष वन्दना राणाले धेरै दु:खले स्थापना गरेको संस्था यहाँसम्म आइपुग्दा धेरै काम भइरहेको र पत्रकार महिलाको अझ व्यावसायिकता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष बबिता बस्नेतले पत्रकार महिला ८८ प्रतिशत अनलाइन हिंसामा परेको अध्ययनले देखाएको बताउँदै पत्रकार महिलाको व्यावसायिक र पेसागत सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्माले निर्णायक तहमा पत्रकार महिलालाई पुर्‍याउने, पत्रकारितामा महिलाको उपस्थित वृद्धि गर्ने र पेसागत सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सञ्चारिका समूहका पूर्वअध्यक्ष नितु पण्डितले पत्रकार महिलालाई जुनसुकै अवस्थामा पनि पेसागत र व्यावसायिक सुरक्षा हुनुपर्नेमा जोड दिनुभयो । समारोहमा सञ्चारिका अग्रणी सम्मानद्वारा रिना गुरूङ र सूर्यकुमारी पन्त, समानता पुरस्कार सिर्जना खड्का ९रू २० हजार०, उमासिंह पत्रकारिता पुरस्कार रिना थापा ९रू १० हजार० र प्रोत्साहन पुरस्कार निशा श्रेष्ठ र ज्ञानु घिमिरेलाई ९रू १०/१० हजार० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदान गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व सिर्जना खड्काले पुरस्कारले आगामी दिनमा कलम चलाउनका लागि थप प्रोत्साहन गरेको महसुस भएको सुनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group