ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक समावेशीकरण तालिम


एबीसी न्यूज

काठमाडौं, २० चैत । कर्णाली तथा सुदूरपश्चिमका सरोकारवालालाई ‘लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण उत्तरदायी विपद् जोखिम न्यूनीकरण’सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनवुमन र स्याक नेपालको प्राविधिक सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा तालिम सम्पन्न भएको हो । तालिममा सीमान्तकृत, विपन्न, पिछडिएका वर्गलाई पनि विकास र विपद्मा कसरी एकीकृत गरेर लैजान सकिन्छ भन्ने विषयमा अन्तरक्रिया तथा छलफल भएको छ ।

महिला, शान्ति सुरक्षा, विपद्, जलवायु क्षेत्रमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई मूल विषय बनाएर जोखिम, सीमान्तकृत र विपन्नको मुद्दालाई कसरी माथि उठाउने भन्ने विषयमा तालिममा छलफल भएको युएनवुमनका कार्यक्रम विज्ञ समा श्रेष्ठले जानकारी दिनुभयो ।

विपद् जोखिमममा महिला, दलित, विपन्न वर्ग समेटेर सशक्त बनाउने भन्ने हो”, उहाँले भन्नुभयो, “यसका लागि सबै सरोकारवालालाई लैङ्गिक समानताका बारेमा महसुस गराउने, नीतिमा राख्न लगाउने, योजना निर्माणमा जोड दिने गरी सवाल उठाउन भएका छन् । वञ्चितीकरण एवं पछाडि परेकालाई जोखिमले झनै छुने भएकाले उनीहरुको समस्या बुझेर हाम्रो प्रतिरोध गर्नसक्ने क्षमता बढाउन सक्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिरोधात्मक क्षमता बढाउन जुनसुकै पालिका तथा स्थानीय सरकारले त्यसतर्फ ध्यान दिलाउन, विपद्सँग जुध्न सबै वर्ग, जाति समुदाय र क्षेत्रको क्षमता अभिवृद्धि गराउन जरुरी छ भने सबै क्षेत्रलाई महसुस गराउन तीन दिने तालिम गरिएको जनाइएको छ । मूलत: खण्डीकृत तथ्याङ्कको व्यवस्थापन, सबै वर्ग, क्षेत्र, समुदाय र स्थान विशेष योजना तथा कार्यक्रम गरेर त्यहीबमोजिम बजेट वितरण गर्न लगाउने गरी अघि बढिएको विज्ञ श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार विपद् जोखिममा सरोकार राख्नेलाई जोखिमका विषयमा बुझ्ने, मनन गर्ने, नीति, योजना, बजेट र अभ्यासमा परिवर्तन ल्याउने तथा उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेर तालिम सम्पन्न गरिएको छ । अपाङ्गता भएका व्यक्ति, एकल महिलाका क्षेत्रमा काम गर्ने संस्थाले पनि प्रतिरोध शक्ति बढाउने सक्ने गरी कार्ययोजना निर्माण गरिएको बताउँदै उहाँले जोखिम न्यूनीकरणमा महिलालगायत सीमान्तकृत वर्ग, धार्मिक, आर्थिक कारण पछाडि परेकालाई यो कार्यक्रमले विशेष सहयोग पुर्‍याउने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत सुनिता केसी जोखिम बढ्दा महिला, बालबालिका बेचबिखन, यौन शोषण, श्रम शोषण हुने कुरालाई पनि यो तालिमले गहिरो महसुस गराएको जनाउनुभयो । त्यस्तै, स्थानीय सरकारलाई रेडक्रस, अन्य नागरिक समाजलगायतका संस्थासँगको समन्वय अपरिहार्य छ भन्ने देखाएको उहाँले जनाउनुभयो ।

खण्डीकृत तथ्याङ्क आवश्यक

उक्त तालिमले खण्डीकृत तथ्याङ्क हुनुपर्नेमा जोड दिएको छ । कार्यक्रम विज्ञ श्रेष्ठका अनुसार तथ्याङ्कको प्रयोग र सुधार गर्न आवश्यक छ । फिल्डको अवस्था प्रतिवेदनलाई अगाडि ल्याउन, खण्डीकृत तथ्याङ्कका आधारमा काम गर्न सहज हुनेछ । समाजमा हुने विभेदलाई कम गराउन, वर्ग, स्थान, तह र क्षेत्र अनुसार काम गर्न, समान सेवा, लैङ्गिक समानता र सामाजिक न्यायमा सघाउन पनि खण्डीकृत तथ्याङ्कले सहयोग गर्ने जनाइएको छ ।

सुरुदेखि जोखिममा परेका महिला, पुरुष, वृद्धवृद्धा, एकल महिला, बालबालिका, दलित छन् । जोखिमको बेला सुरक्षा खतरा पनि बढ्ने कुरालाई ध्यानमा राखेर जोखिममा परेकालाई सुरक्षित गर्ने, भेदभावरहित वातावरण र बलात्कारका घटनाबाट बचाउनुपर्नेमा जोड दिइएको छ । विशेषगरी भेदभावरहित सेवा, दुरुपयोग र शोषणको अन्त्य गराउन तालिम उपलब्धिमूलक हुने अपेक्षा गरिएको सहभागी रजनी योगीले जनाउनुभयो ।

उहाँका अनुसार तालिमले व्यवस्थापकीय क्षेत्रमा पनि समावेशीकरण हुनुपर्ने कुरालाई जोड दिएको छ । उक्त कार्यक्रममा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका ४५सरोकारवाला सहभागी भएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com