ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’


एबीसी न्यूज
चैत्र २०, २०७९ सोमबार  २ : ०८ बजे

काठमाडौं, २० चैत । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ ।

तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास कोषमार्फत झापा नेत्रहीन सङ्घलाई दिनुभएको बजेटबाट तीन वर्षअघि उक्त पुस्तकालय स्थापना गरिएको थियो । सङ्घले सो बजेटबाट ‘श्रव्य पुस्तकालय’का लागि आधुनिक रेकर्डिङ स्टुडियो निर्माण गरेको छ । पुस्तकालयमा डेक्सटप कम्प्युटर, मिक्चर, माइक, दराज, फर्निचरलगायतका भौतिक साधन छन् । दराजमा दुई चार पुस्तक पनि सजाइएका छन् ।

सङ्घका अध्यक्ष यशोदा बरालका अनुसार सञ्चालनका लागि आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण श्रव्य किताब पुस्तकालयमा छैनन् । दृष्टिविहीनले सुन्नका लागि आवश्यकीय किताब रेकर्ड गर्ने प्राविधिक जनशक्ति र आर्थिक स्रोत सङ्घसँग नभएको अध्यक्ष बराल बताउनुहुन्छ ।

“दृष्टिविहीन थुप्रै साथीहरु लोकसेवा र शिक्षासेवा आयोगमा परीक्षा दिने तयारीमा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरु सङ्घको श्रब्य पुस्तकालयमा त्यस्ता किताबको खोजी गर्नुहुन्छ । नपाएपछि निराश भएर फर्किन बाध्य हुनुहुन्छ ।”

दृष्टिविहीन नयाँ साहित्यिक तथा पाठ्यपुस्तक सुन्न चाहन्छन् । यसका लागि सङ्घले बजारमा उपलब्ध किताबलाई पुस्तकालयको कम्प्युटर प्रयोग गरेर श्रब्य सामग्री उत्पादन गर्ने सोच बनाएको छ तर, प्राविधिक जनशक्ति राख्नका लागि चाहिने तलब कहाँबाट जुटाउने भन्ने समस्या भएको झापा नेत्रहीन सङ्घका कोषाध्यक्ष दिलकुमार राजवंशी बताउनुहुन्छ ।

उहाँका अनुसार एक जना प्राविधिक नियुक्त गर्नका लागि सङ्घले जिल्लाका सबैजसो पालिका र विभिन्न दातृसंस्थामा सहयोगको याचना गर्दै प्रस्ताव पठाएको थियो । “नेत्रहीनको मागलाई कसैले पनि गम्भीरतापूर्वक लिनुभएन”, उहाँले निराशा व्यक्त गर्दै भन्नुभयो, “श्रव्य पुस्तकालय सञ्चालनका लागि वार्षिक रु पाँच लाख आवश्यक पर्छ ।”

झापा नेत्रहीन सङ्घ जिल्लाका सबै दृष्टिविहीनको साझा संस्था हो । यसमा एक सय १५ साधारण सदस्य रहेका छन् । जसमध्ये ७२ जना पुरुष र ४३ महिला छन् । सङ्घका अधिकांश सदस्य माध्यमिक शिक्षा परीक्षा९एसइई० तह उत्तीर्ण छन् भने शिक्षण पेसामा १६ कार्यरत रहेको विर्तामोड–३ स्थित अनारमनी आधारभूत विद्यालयमा अध्यापन गराउँदै आउनुभएको दृष्टिविहीन भरत राजवंशी बताउनुहुन्छ ।

शिक्षक राजबंशीका अनुसार १६ शिक्षकमध्ये १० स्थायी छन् भने छ राहत शिक्षक हुन् । अगरबत्ती, फिनेल र साबुन बनाउने उद्योग सञ्चालन गरेका दृष्टिविहीन पनि छन् । खासगरी जागिरमा लाग्न विभिन्न आयोगको तयारी गरिरहेका दृष्टिविहीन आफूलाई आवश्यक पर्ने श्रव्य पुस्तकको रेकर्डिङ सामग्री खोज्दै सङ्घको कार्यालय धाउने गरेको सङ्घका कोषाध्यक्ष राजवंशी बताउनुहुन्छ ।

आर्थिक अभावका कारण सङ्घले उद्देश्यमूलक ढङ्गले पुस्तकालय सञ्चालन गर्न सकेको छैन । सङ्घको कार्यालय रहेको स्थानबाट विर्तामोड नगरपालिकाको प्रशासनिक भवन एक सय मिटरको दूरीमा रहेको छ । विर्तामोड नगरपालिकाले अरु विषयमा सहयोग नगरेको होइन । तथापि श्रव्य पुस्तकालय प्रयोजनविहीन भइरहेको अवस्थामा नगरपालिकाको सहयोगी हात बढेको छैन ।

राज्यले दृष्टिविहीनलगायतका अपाङ्गता भएका नागरिकको हक, हित र अधिकारलाई सुनिश्चित गर्ने कुरा संविधानमै उल्लेख गरेको छ । उनीहरुको गाँस, बास र कपासको आवश्यकता मात्र होइन, शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि राजनीतिक नाराको अग्रसूचीमै पर्ने गरेको छ ।

रमेश प्रसाई, मेनुका पौडेल, सागर अधिकारीजस्ता राष्ट्रिय प्रतिभा जन्माउने झापा जिल्लामा दृष्टिविहीनले स्थापना गरेको श्रव्य पुस्तकालय बन्द हुने अवस्था सिर्जना हुनु चाहिँ ज्यादै बिडम्वनाको विषय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

अर्थमन्त्री वाग्लेको श्वेतपत्रः अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, आन्तरिक उत्पादन र खर्च प्रणालीमा गम्भीर चुनौती (पूर्णपाठ)

सम्बन्धित

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : संयोजक शाह

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने कदम लोकतन्त्रको मर्यादाविपरीतः कांग्रेस

महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com