ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निःशुल्क आँखाको शल्यक्रिया


एबीसी / संवाददाता

धनकुटा, २० चैत । जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ ।

पालिकाले यही चैत १० गतेदेखि एक हप्तासम्म वडामा सञ्चालन गरेको आँखा शिविरबाट १७२ जनामध्ये ७५ जनाको आँखाको शल्यक्रिया गरिदिएको हो ।

नेपाल नेत्रज्योति संघका डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग, नेत्रज्योति संघ र सेभा फाउन्डेसनको सहयोग तथा पालिकाको व्यवस्थापनमा उनीहरूको आँखा शल्यक्रिया गरिएको हो ।

पालिकाले चैत १८ र १९ गते शिविर सञ्चालन गरेर मोतियाबिन्दु र आँखामा मासु पलाएका बिरामीहरुको शल्यक्रिया गरिदिएको हो ।

उनीहरूको कीर्तिपुर आँखा अस्पताल काठमाडौँका डा.एरिक वैद्यसहितको सात जनाको टोलीले उपचार गरेको आँखा अस्पताल धनकुटाका डा.समिर चापागाईँले जानकारी दिए ।

अन्य बिरामीहरूको भने प्रतिकूल मौसम र केही अनियन्त्रित रक्तचापका कारण शल्यक्रिया हुन नसकेको चापागाईँले बताए ।

बर्सादका कारण गाउँमा शल्यक्रियासम्बन्धी गलत हल्ला चलाइएकाले पहिचान भएका सबै बिरामी उपचारमा नआएको गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।

“शल्यक्रिया राम्रो हुन्न भन्ने गाउँमा गलत हल्लाहरू फैलाइएकाले सबैजना नआएको बुझिएको छ”, अध्यक्ष लिम्बूले भने, “बाँकीको उपचारका लागि पालिकाको बैठक बसेर निर्णय गर्नेछौँ ।”

उपचारका लागि गाउँ–गाउँबाट आएका बिरामीहरूको खानेबस्नेलगायतका बन्दोबस्ती पालिकाले गरेको थियो । पालिकामा नै सञ्चालन भएको शिविरबाट नागरिकहरू आर्थिकरुपमा लाभान्वित भएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

आफ्ना ७२ वर्षीय बुबा र ६८ वर्षीया फुपूको आँखा शल्यक्रिया गर्न आएका वडा नम्बर ३ का नेत्र बरालले यस शिविरले आफू ५० हजारभन्दा बढी आर्थिक भारबाट मुक्त भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com