ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मँदै हातपाउ नभएकी लक्ष्मी कृत्रिम हातखुट्टा पाउँदा दंग


एबीसी / संवाददाता

झापा, १६ चैत । मोरङको कटहरि–४ की १३ वर्षीया लक्ष्मी सहनीले आज जीवनमै पहिलोपल्ट खुट्टाले टेकेर हिँडेको अनुभव गर्न पाइन् । कृत्रिम खुट्टा टेकेरै भए पनि आफ्नै भरमा उभिएकी छोरी लक्ष्मीलाई देख्दा उनकी आमा सरिता सहनी भावविभोर भइन् ।

जन्मँदै लक्षमीका दुवै हात र दुवै खुट्टा थिएनन् । आमाको काखपछि जब आफैँ हिँड्ने उमेर भयो, उनले हिँड्नुको आनन्द कहिल्यै लिन सकिनन् । अर्कैको सहारामा उनले जिउनु पर्‍यो । आज उनलाई झापाको ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाको पहलमा भारतको राजस्थानस्थित नारायण सेवा संस्थानले निःशुल्करूपमा कृत्रिम हातखुट्टा प्रदान गर्‍यो । “अब म पनि हिँड्न सक्ने भएकी छु”, उनले हर्ष प्रकट गर्दै भनिन् ।

गाउँकै भगवती आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत लक्ष्मीलाई बोकेरै घरबाट लैजाने र ल्याउने गर्दै आएकी उनकी आमा सरिताले अब नयाँ हात र खुट्टा लगाएर स्कुल ओहोरदोहोर गर्न सक्ने आशा गरिन् ।

नेपालमा हातखुट्टा नभएर कठिनाइपूर्ण जीवन व्यतित गरिरहेका शारीरिक अशक्तका लागि नारायण सेवा संस्थानको सहयोगमा आज मेचीनगर नगरपालिका–२ को बाहुनडाँगीमा शिविरको आयोजना गरी ९६ जनालाई एक सय आठ हातखुट्टा निःशुल्क वितरण गरेको ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए ।

कृत्रिम हातखुट्टा पाउने कोशी र मधेस प्रदेशका विभिन्न जिल्लाका छन् । उनीहरूले गत माघ २१ गते बाहुनडाँगीमै आएर आफ्नो हातखुट्टाको नापजोख गराएका थिए । सोही आधारमा आज सबैलाई कृत्रिम हातखुट्टा वितरण गरिएको सहकारीका अध्यक्ष निरौलाले बताए ।

सुनसरीको खनारस्थित एउटा कारखानामा मेसिनले हात छिनाएपछि पाँचथरको मिक्लाजुङ–२ का ३३ वर्षीय डिगेश्वर आङ्देम्बेले विसं २०७६ देखि एउटा हात गुमाउनुपरेको थियो । उनले पनि आज कृत्रिम हात पाए । “यो कृत्रिम हातले मलाई मेरो काटिएर तीन वर्षअघि गएको अङ्ग फर्किएर आएको जस्तो आनन्द भइरहेको छ”, उनले नयाँ हात लगाएपछिको अनुभूति सुनाउँदै भने ।

भारतको सिक्किममा पहिरोमा परी देब्रे खुट्टा गुमाउनुभएका भद्रपुर नगरपालिका–३ का ६३ वर्षीय सञ्चराज लिम्बूले ११ वर्षपछि आफ्ना दुवै खुट्टाले टेकेर हिँड्न पाउँदा अपार खुसी लागेको बताए । “वैशाखीको भरमा नै अब जिन्दगी बित्छ होला भनेर निराश भएको थिएँ”, उनले खुट्टाका रूपमा जडान गरिएको सामग्री सुम्सुम्याउँदै भने, “भगवान्ले मेरो पुकार सुनेजस्तै लागेको छ । अब मेरो शरीरमा फेरि खुट्टा फर्किएको छ ।”

ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा आज ९६ जनालाई एउटै कार्यक्रममा कृत्रिम खुट्टा वितरण गरेको हो । उपसभामुख रानामगरले शारीरिक अशक्त नागरिकलाई कृत्रिम हातखुट्टा वितरण गरेकामा भारतको नारायण सेवा संस्थानको प्रशंसा गर्दै भारत नेपालका लागि असल छिमेकी भएको बताए । शारीरिक अशक्तको सुरक्षा, शिक्षा, स्वास्थ्य, जीविका र सम्मानपूर्ण जीवनयापनका लागि राज्यले विशेष पहल गर्नुपर्नेमा उनको जोड थियो । “आज कृत्रिम हात र खुट्टा पाउनु हुने बुबाहरुको आँखामा हर्षको आँसुसँगै ओठमा मुस्कान देखेको छु”, उनले भने ।

आफू पनि विपन्न र ग्रामीण परिवेशमा हुर्किएर संघर्ष गर्दै आजको अवस्थामा पुगेको हुँदा समाजमा शारीरिक अशक्तको पीडा र समस्या आफूलाई थाहा भएको उनले बताए । उपसभामुख रानामगरको हातबाट ह्वीलचियर ग्रहण गर्दा मेचीनगर–२ का वयोवृद्ध टेकनाथ भण्डारी खुसीले भक्कानिनुभएको थियो । रुद्र गौरी ओली प्रतिष्ठानले भण्डारीलगायत चार शारीरिक अशक्तलाई ह्वीलचियर प्रदान गरेको थियो ।

मेचीनगर–१३ दुहागढीमा रहेको लुना मल कारखानामा २३ वर्षअघि कार्यरत रहँदा मेसिन दुर्घटनामा परी स्थानीय ६२ वर्षीय हेमलाल सापकोटाले दाहिने हात गुमाउनुपरेको थियो । आज उनले कृत्रिम हात लगाउन पाएका छन् ।

नेपालमा आएर कृत्रिम हातखुट्टा निःशुल्क वितरण गर्न पाएकोमा नारायण सेवा संस्थान भारतका प्रतिनिधि हरिप्रसाद लड्डाले खुसी प्रकट गरेका छन् । उनले मानवीय आधारमा संस्थानले हालसम्म चार लाखभन्दा बढी मानिसलाई कृत्रिम हातखुट्टा वितरण गरिसकेको जानकारी दिए ।

कृत्रिम हातखुट्टा बैंक स्थापना
ब्रह्माण्ड अपाङ्ग, महिला, बचत तथा ऋण सहकारी संस्था र हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाले मेचीनगर–२ बाहुनडाँगीमा शारीरिक अशक्तका लागि आवश्यक पर्ने कृत्रिम हातखुट्टा, ह्वीलचियर र वैशाखीको बैंक स्थापना गरेका छन् । हरिहर सत्सङ्ग धार्मिक विकास संस्थाका अध्यक्ष मुकुन्द नेपालले दाताहरूको सहयोगमा प्राप्त सामग्री बैंकमा जम्मा गरिने र आवश्यकताका आधारमा सही व्यक्तिको पहिचान गरेर वितरण गरिने बताए ।

हालसम्म बैंकलाई सयौँ दाताले ह्वीलचियर र वैशाखी सहयोग गरिसकेका छन् । दाताहरूमा वैदेशिक रोजगारीमा गएका र विदेशमै बसोबास गर्दै आएका नेपाली धेरै छन् । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानवीय सेवालाई मानिसले कोरेको राष्ट्रको सीमाले नछेक्ने उदाहरणको रूपमा भारतको नारायण सेवा संस्थानले नेपालमा आएर कृत्रिम हातखुट्टा वितरण गरेको भन्दै प्रशंसा गरे ।

कृत्रिम हातखुट्टाको बैंकका लागि नगरपालिकाले आवश्यक सबैखाले सहयोग पु¥याउने प्रतिबद्धता उनले व्यक्त गरे । बाहुनडाँगीमा कृत्रिम हातखुट्टा निर्माण गर्ने कारखाना सञ्चालन गर्नेतर्फ योजना बनाइरहेको ब्रह्माण्ड अपांग, महिला, बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com