ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथालाई इटहरी गोल्डकपको उपाधि


एबीसी / संवाददाता

सुन्दरहरैँचा, १२ चैत । १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेको छ ।

इटहरी रंगशालामा आज सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइज काठमाडौँलाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको हो । खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

दोस्रोपटकका लागि लगातार विजेता रहेको सगरमाथा युथ क्लबका लागि पेनाल्टीमा विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गर्न सफल भए ।

त्यसैगरी चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिंक ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, पिरिसोले गोल गर्दा मनोज राईको प्रहार गोलपोष्ट बाहिर गयो । सुरुमा दुवै टिमका ५–५ जनाले प्रहार गर्दा सबैको गोल भएको थियो । पेनाल्टीमा चर्च ब्वाइजका मनोजको प्रहार जालीबाट बाहिरिएपछि गत वर्षको विजेता सगरमाथाले उपाधि उचाल्न सफल भएको हो ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद १० लाखका साथै ट्रफी र मेडल हात पारेको छ । साथै उपविजेता चर्च ब्वाइजले पाँच लाख प्राप्त गरेर चित्त बुझायो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी सगरमाथाका टिम क्याप्टेन महेन्द्र कार्की घोषित भए । उनले नगद एक लाख र मेडल पाए । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका मौसम लिम्बू घोषित हुँदै नगद १० हजारसहित मेडल हात पारे ।

प्रतियोगितामा वेष्टकोच सगरमाथाका याम गुरुङ घोषित भए । उनले २० हजार र मेडल पाए । खेलमा आयोजक क्लबका तर्फबाट उदयीमान खेलाडी आशिष राई घोषित भए । उनले २० हजार पाए । साथै उत्कृष्ट गोलकिपरमा सगरमाथाका देव लिम्बू घोषित हुँदै २० हजारका साथमा मेडल हात पारे ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा अघिल्लो शनिबारदेखि भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com