ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा


एबीसी / संवाददाता
चैत्र ११, २०७९ शनिबार  ८ : २३ बजे

सुन्दरहैचा, ११ चैत । सातौँ संस्करणको विराट गोल्डकपमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ‘सडेनडेथ’ मा हराउँदै जवलाखेल युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ‘सडेनडेथ’ मा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो ‘सडेनडेथ’बाट भएको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए ।

सडेनडेथमा जाउलाखेलको तर्फबाट सिमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरेका थिए । आर्मीको तर्फबाट टंक बस्नेत, टेकबहादुर बुढाथोकी, कप्तान जिलेस्पीजंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए । सेसेहाङ आङदङ्बेको प्रहार बाहिरिँदा दोस्रो खेलबाट आर्मी बिदा भएर घर फर्किन बाध्य भयो ।

जितसँगै जाउलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्ने छ । आर्मी र जाउलाखेलले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । आर्मीले गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै आफ्नो प्रतिस्पर्धा बिट मार्न पुग्यो ।

खेलको म्यान अफ द म्याच जाउलाखेलका सीमान्त थापा घोषित भए । उनले ११ हजार प्राप्त गरे ।

चैत १६ गतेसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार पाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले उल्लेख गरे ।

शनिबारको तेस्रो क्वाटरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com