ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

न्यायिक समितिमा न्यून मुद्दा


bhawani desk
चैत्र ८, २०७९ बुधबार  ९ : ०९ बजे

अहिले पनि बागलुङका दूरदराजबाट नागरिक सामान्य किसिमका मुद्दा लिएर अदातलमा पुग्ने गरेका छन् । स्थानीय सरकार स्थापनापछि गाउँपालिका तथा नगरपालिकामै न्यायिक समिति बने पनि न्याय माग्न कम आउने गरेका छन् । स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति बनेको हुन्छ । गठित न्यायिक समितिले सर्वसाधारणको विश्वास लिन नसक्दा न्याय माग्न आउनेको सङ्ख्या न्यून रहेको हो । कानुनी अज्ञानताले न्यायिक समिति नाममात्रको छ । इजलास सञ्चालनका लागि कतिपय स्थानीय तहमा आवश्यक सामग्रीसमेत उपलब्ध छैनन् । न्यायिक समितिमा सर्वसाधारणको विश्वास नहँुदा मुद्दा पनि नआउने गरेको पाइएको छ । स्थानीय सरकारको एक कार्यकाल पूरा गरेर दोस्रो कार्यकाल सुरु हुँदा पनि पालिकामा न्याय माग्न आउने कमै छन् । जिल्लाको तमानखोला गाउँपालिकामा रहेको न्यायिक समितिमा न्यून मुद्दा आएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक हीराकुमारी छन्त्यालले बताउनुभयो ।

चालु आर्थिक वर्षमा यस पालिकामा हालसम्म जम्मा चारवटा मुद्दा आएको उपाध्यक्ष छन्त्यालको भनाइ छ । उहाँले दुईवटा मुद्दा आफूहरूको कार्यक्षेत्रभन्दा बाहिरका आएकाले अदालतमा पठाएको र त्यसबाहेक सीमा र सामुदायिक वनको विषय आए पनि खासै ठूला विवादको रूपमा नआएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यहाँ धेरै मुद्दा आएका छैनन्, केही मुद्दा आएका थिए, ती मुद्दा श्रीमान्–श्रीमतीबीच भएका मनमुटावका थिए, सबै मुद्दा मिलाएर पठायौँ ।” अदालतमा पनि तमानखोलाको घटना कम भएको छन्त्यालले बताउनुभयो । यहाँ ठूलै प्रकृतिका अपराधसम्बन्धी घटना हुँदाबाहेक मानिस न्यायिक समिति र अदालत तथा प्रहरीकोमा नपुग्ने गरेको बुझाइ छ । न्यायिक समितिको काम कारबाहीबारे थाहा नभएका कारण पनि कैयौँ घटना त्यत्तिकै सेलाउने गरेको स्थानीयको बुझाइ छ । बडिगाड गाउँपालिकामा चालु वर्षको हालसम्म छवटा मुद्दा परेकामा तीन फछ्र्योट गरिसकेको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो । खासगरी बडिगाडमा जग्गाको सिमानासम्बन्धी मुद्दा र घरेलु झगडासम्बन्धी मुद्दा आउने गरेको उहाँको भनाइ छ । न्यायिक समितिमा आएका मुद्दा मेलमिलाप गरेर समाधान गर्नुका साथै न्यायिक समितिको क्षेत्राधिकारभित्र नपर्ने मुद्दा प्रहरीकहाँ पठाउने उहाँले बताउनुभयो । ताराखोला गाउँपालिकाले पालिकामा मात्रै नभई वडास्तरबाटै न्याय निरुपण गर्ने गरी मेलमिलाप केन्द्र स्थापना गरेर न्याय दिइरहेको उपाध्यक्ष भीमबहादुर रोकामगरले बताउनुभयो ।

उहाँले सकेसम्म वडामै विवाद मिलाउने, वडामा नमिले पालिकामा र पालिकामा मिल्न नसकेमात्रै अदलत पठाउने गरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “घरायसी झगडाले श्रीमान्–श्रीमती सम्बन्धविच्छेदका लागि यहाँ आउँछन्, त्यो अधिकार संविधानले हामीलाई दिएको छैन, अरु साना मुद्दा हाम्रो क्षेत्राधिकारभित्र रहेर हेर्न मिल्ने मुद्दा हेरिरहेका छौँ, सकेसम्म सामान्य मुद्दालाई अदालतसम्म नपु¥याउने गरी हामी नै मिलाउने कोसिस गर्छौँ ।” जिल्लाको ढोरपाटन नगरपालिका, काठेखोला, निसीखोला, बरेङ गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका न्यायिक समितिमा मुद्दा निकै कम आएको पाइएको छ । अधिकांश न्यायिक समितिमा घरखेत, साँध तथा झैझगडाका मुद्दा पर्ने गरेको बताइएको छ । नेपालको संविधान २०७२ को भाग १७ को धारा २१७ मा व्यवस्था गरिएको न्यायिक समितिअन्तर्गत उपधारा (१) मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरेको छ । अधिवक्ता राम शर्माले स्थानीय पालिकाबाट न्याय पाइन्छ भन्ने स्थानीयलाई ज्ञान नभएको हुँदा अधिकांश मुद्दा अदालतमै पुग्ने गरेको बताउनुभयो । पालिकामा कानुन अधिकृत नभएको र धेरै पालिकामा कानुन पढेकाभन्दा अन्य विषय पढेका जनप्रतिनिधि भएको शर्माको भनाइ छ । पालिकाले सहज न्याय निरुपणका लागि कानुनी सल्लाहकार राख्न जरुरी रहेको उहाँको भनाइ छ । घरेलु झगडा, कुलो पानी, साँधसधियारको झगडा, समान्य खालका विवाद, बाटो कुलो, खानेपानीसम्बन्धी मुद्दा पनि न्यायिक समितिमा नपरी अदालत आउने गरेको उहाँ बताउनुहुन्छ । अधिवक्ता शर्मा भन्नुहुन्छ, “अहिले पनि धेरैजसो नागरिकलाई सामान्य मुद्दाका लागि अदालत नै जानुपर्छ भन्ने मान्यता छ, पालिकाले न्यायिक समितिबाट न्याय दिलाउन सकिन्छ भन्ने प्रचार गर्न सकेनन्, त्यसले गर्दा न्यायिक समितिमा मुद्दा कम देखिएको पाइन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com