ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पारस खड्का सम्मिलित एसियन लायन्स बन्यो लिजेन्ड्स लिग च्याम्पियन


एबीसी / संवाददाता
चैत्र ७, २०७९ मंगलबार  ९ : ०५ बजे

काठमाडौँ, ७ चैत । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स क्रिकेट लिग मास्टर्सको उपाधि जितेको छ । सोमबार राति भएको उपाधि भिडन्तमा लायन्सले वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।

कतारको दोहामा भएको फाइनलमा पहिले ब्याटिङ गरेको जायन्ट्सले ४ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । उसका लागि दक्षिणा अफ्रिकी महान अलराउन्डर ज्याक कालिसले नटआउट ७८ रन जोडे । न्युजिल्यान्डका रोस टेलरले ३२ तथा लेन्डल सिमन्सले १७ रन बनाए ।

एसियाका अब्दुर रजाकले २ तथा थिसारा परेराले १ विकेट लिए ।

१४८ रनको लक्ष्य पाएको एसिया लायन्सले ३ विकेटको क्षतिमा १६.१ ओभरमा पूरा गर्‍यो । लायन्सको जितमा उपुल थारंगाले ५७ तथा तिलकरत्ने दिलशानले ५८ रनको योगदान दिए । पहिलो विकेटका लागि थारंगा र दिलशानले १० ओभरमा ११५ रनको शतकीय साझेदारी गरेका थिए । ब्रेट लीले थारंगालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए ।

यस्तै, मिस्बाह उल हक र मोहम्मद हफिज ९–९ रनमा अविजित रहे । जायन्ट्सका ब्रेट ली, स्मित पटेल र मोन्टी पनेसारले एक–एक विकेट लिए ।

खेलमा नेपालका पूर्वकप्तान खड्काले बलिङ र ब्याटिङ गर्न भने मौका पाएनन् । खड्काले समूह चरणका दुई खेलमा भने ब्याटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com