ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नु गलत थियो ? ’


एबीसी न्यूज

काठमाडौं, ६ चैत्र ।    नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि राष्ट्रिय सहमतिको खाँचो औँल्याउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उहाँले निर्वाचनबाट प्राप्त जनमतले दलहरु एकताबद्ध भएर जानुपर्छ भन्ने देखाएको बताउनुभयो ।

“सबै राजनीतिक दललाई एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको जनमत छ, मिलेर जाने भन्ने अहिलेको जनमत हो, राष्ट्रपति जस्ता देशको प्रमुख पद सहमतिमा गरौँ भन्दा एमालेका नेताहरु किन भाग्नुभयो रु सहमतिमै राष्ट्रपति, उपराष्ट्रपति चयनमा मिलेर जान सकिँदैन थियो रु”, उहाँले प्रश्न गर्नुभयो ।

सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन, देशका यावत समस्या समाधान गर्न अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको जनाउँदै उहाँले त्यही लक्ष्य हासिल गर्न प्रधानमन्त्रीले सुरुदेखि नै राष्ट्रिय सहमतिको विषय उठाउँदै आउनुभएको स्पष्ट पार्नुभयो ।

“फेरि पनि यो देशमा सहमतिको आवश्यकता छ । जनताको जनमत जोगाएर पाँच वर्ष टिकाउनका लागि दल एकताबद्ध हुनु जरुरी छ । पाँच वर्षसम्म या सांसद सकुशल जोगाएर देशको यावत् समस्या समाधान गर्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोज्नुभएको हो”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राष्ट्रिय सहमतिबाट भागेर नभई मिलेर देशका समस्या समाधान गर्न आह्वान गर्दै उहाँले वर्तमान सरकारलाई विश्वासको मत दिन सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com