ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेवाग्राहीलाई झन्झट नदिनुस् : सचिव रेग्मी


एबीसी / संवाददाता

काठमाडौँ, ३ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले देशका सबै मालपोत र नापी कार्यालयलाई कुशल राजस्व संकलक र भूमि प्रशासनका सदाचारयुक्त संस्थाको प्रतिविम्ब झल्कने गरी कार्यसम्पादन गर्न सुझाव दिएको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोत र नापीप्रति सर्वसाधारणमा रहिरहेको नकारात्मक भावलाई सकारात्मक छविका रूपमा रुपान्तरण गर्ने वातावरणका साथ काम गर्न निर्देशन दिए ।

मालपोत र नापी कार्यालय कलंकीको आकस्मिक निरीक्षणपछि उनले भने, “भूमि प्रशासनप्रको सेवा सबै नागरिकसँग कुनै न कुनै रूपमा जोडिने भएकाले सेवा प्रवाहमा सुधार गरी सबै कर्मचारीले आफ्नो दक्षता र क्षमताको पूर्ण उपयोग गर्नुस् ।”

मन्त्रालयका सहसचिव निराजन घिमिरेले कार्यालयको सेवा प्रवाहलाई गुनासोरहित बनाउन र सेवाग्राहीको भनाइ आदरतापूर्वक सुनिदिने वातावरण विकास गर्न जरुरी रहेकाले सोहीअनुरुप काम गर्न निर्देशन दिए । नापी कार्यालय कलंकीका प्रमुख हरिकृष्ण सुवेदीले सेवाग्राहीलाई सन्तुष्टि हुने गरी सेवा प्रवाह गर्नु कार्यालयको प्रमुखको जिम्मेवारी भएको बताए ।

नापी कार्यालयका प्रमुख खिम रानाले नापी कार्यालयले सदाचारसहितको सेवा प्रवाहलाई मूलमन्त्र बनाई अगाडि बढिरहेको र भूमि प्रशासनको सेवामा आँच नआउने गरी काम गर्ने अठोट गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com