ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उग्र बन्दै दक्षिणी यमनको भिडन्त


admin

काठमाडौं, १५ माघ । दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । सरकारी सेना र पृथकतावादी समूहबीच भएको संघर्षमा १० जनाको मृत्यु भएको छ । संघर्षमा धेरै मानिस घाइते भएका छन् ।

 

यमनको सरकारले एडेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । राजधानी सना भने हुथी विद्रोहीले नियन्त्रणमा लिएका छन् । अहिले दुवै पक्षले आफ्ना सेनालाई कारबाही रोक्न अपील गरेका छन् ।

सरकारी सुरक्षा फौजले छिमेकी अरब मुलुकहरुबाट भएको हस्तक्षेपलाई सुल्झाउन अपील गरेको छ । सरकारी सेना र पृथकतावादी समूहबीचको संघर्षका कारण यमनका लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।

पछिल्लो संघर्षका कारण त अवस्था झन् विकराल बनेको बताइएको छ । सन् १९९० मा दक्षिण र उत्तर यमनलाई मिलाएर अहिलेको यमन बनेको हो । पृथकतावादीहरुले प्रधानमन्त्री दागेरलाई हटाउन राष्ट्रपतिलाई अल्टिमेटम दिएका थिए ।

अल्टिमेटमको समय सकिएपछि सरकारविरुद्ध संघर्ष चुलिएको हो । दक्षिणी पृथकतावादीलाई संयुक्त अरब इमिरेट्स युएईको समर्थन छ । हुथी विद्रोहीका विरुद्ध संघर्ष गरिरहेको साउदी अरब नेतृत्वको गठबन्धनमा सहभागी छ । यसैबीच प्रधानमन्त्री दागेरले युएईबाट तत्काल शन्तिको प्रयास उठाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com