ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उग्र बन्दै दक्षिणी यमनको भिडन्त


admin
माघ १५, २०७४ सोमबार  २ : ३२ बजे

काठमाडौं, १५ माघ । दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु पृथकतावादी समूहले नियन्त्रणमा लिएको छ ।

राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीको सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् । सरकारी सेना र पृथकतावादी समूहबीच भएको संघर्षमा १० जनाको मृत्यु भएको छ । संघर्षमा धेरै मानिस घाइते भएका छन् ।

 

यमनको सरकारले एडेनमा आफ्नो अस्थायी राजधानी बनाएको थियो । राजधानी सना भने हुथी विद्रोहीले नियन्त्रणमा लिएका छन् । अहिले दुवै पक्षले आफ्ना सेनालाई कारबाही रोक्न अपील गरेका छन् ।

सरकारी सुरक्षा फौजले छिमेकी अरब मुलुकहरुबाट भएको हस्तक्षेपलाई सुल्झाउन अपील गरेको छ । सरकारी सेना र पृथकतावादी समूहबीचको संघर्षका कारण यमनका लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।

पछिल्लो संघर्षका कारण त अवस्था झन् विकराल बनेको बताइएको छ । सन् १९९० मा दक्षिण र उत्तर यमनलाई मिलाएर अहिलेको यमन बनेको हो । पृथकतावादीहरुले प्रधानमन्त्री दागेरलाई हटाउन राष्ट्रपतिलाई अल्टिमेटम दिएका थिए ।

अल्टिमेटमको समय सकिएपछि सरकारविरुद्ध संघर्ष चुलिएको हो । दक्षिणी पृथकतावादीलाई संयुक्त अरब इमिरेट्स युएईको समर्थन छ । हुथी विद्रोहीका विरुद्ध संघर्ष गरिरहेको साउदी अरब नेतृत्वको गठबन्धनमा सहभागी छ । यसैबीच प्रधानमन्त्री दागेरले युएईबाट तत्काल शन्तिको प्रयास उठाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com