ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन


एबीसी / संवाददाता
फाल्गुन २९, २०७९ सोमबार  ९ : ०७ बजे

मंगलबारे, २९ फागुन । इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक उत्पादन थालिएको बताए । उनले ‘ब्रान्डिङ’ गरेर बजारमा लैजाने तयारी भइरहेको जानकारी समेत दिए ।

प्रायः भान्सामा अमिलो खाद्य पदार्थ बढी मन पराइन्छ । गुन्द्रुकको मागसमेत उच्च रहने ठहर गर्दै गाउँपालिकाले गुन्द्रुक प्रवर्द्धनमा लागेको जनाइएको छ । गुन्द्रुक बजार पुर्‍याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने अनुमन गरिएको छ । साथै स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुने भएकाले पनि यसको काम अगाडि बढाइएको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

गुन्द्रुक उत्पादनका लागि कारखाना नै सञ्चालन गरिएको छ । यसको प्रशोधनका लागि कामदार राखिएको छ । सरसफाइका लागि पर्याप्त व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । साथै पहिला सागलाई तीन पटकसम्म धोएर मात्र ‘प्रोसेसिङ’को काम अगाडि बढाइन्छ ।

यसरी खेर जाने सागलाई गाउँमा नै खाद्य वस्तु निर्माण हुन थालेपछि किसान खुसी भएका छन् । उनीहरुले सडेर जाने वस्तुबाट नै गुन्द्रुक निर्माण हुने र बिक्री गरिने भएपछि उत्पादन खेर नजाने बताउन थालेका छन् ।

अध्यक्ष स्याङ्बोका अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकिलो १० निर्धारण गरिएको छ । साग गाउँपालिकाको कारखानालाई दिने किसानले सागमा प्रतिकेजी रु छ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ । त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० अनुदानको व्यवस्था छ । त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ ।

नबिकेको साग पुन गाउँमा नै बिक्री हुने भएपछि खेती गर्न पनि जाँगर चलेको रोङ–५ की मेनुका राईको भनाइ छ । रायोको साग प्रतिकेजी रु १६ मा बिक्री हुँदै आएको छ । सहकारीमार्फत यसको काम अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com