ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति निर्वाचन : कुन दलको मतभार कति ?


एबीसी / संवाददाता
फाल्गुन २५, २०७९ बिहीबार   ८ : ५३   बजे

काठमाडौँ, २५ फागुन । नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान हुने छ । संघीय संसद्का ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ जनाले मत हाल्न पाउने छन् ।

मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खासाल्ने छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसदको ७९ र प्रदेशसभा सांसदको ४८ मतभार गणना हुन्छ ।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने छ ।

पौडेललाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

कुन दलसँग कति मतभार ?
राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलकासहित स्वतन्त्र र मनोनित सांसदहरू मतदाता रहेका छन् ।

३३४ संघीय सांसदमध्ये २ जनाले मतदानमा भाग लिन पाएनन् । रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा रिक्त रहेको छ भने कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित अवस्थामा छन् ।

नेपाली कांग्रेस– १६ हजार १४२
नेकपा (एमाले)– १५ हजार ३६०
नेकपा (माओवादी केन्द्र)– ७ हजार ६४९
नेकपा (एकीकृत समाजवादी) २ हजार ५७४
राष्ट्रिय स्वतन्त्र पार्टी– १ हजार ५०१
राष्ट्रिय प्रजातन्त्र पार्टी– २ हजार ४५०
जनता समाजवादी पार्टी– २ हजार २४१
लोकतान्त्रिक समाजवादी पार्टी– ९७१
जनमत पार्टी– १ हजार २४२
नागरिक उन्मुक्ति पार्टी– ८९२
राष्ट्रिय जनमोर्चा– २०६
नेपाल मजदुर किसान पार्टी– २२३
संघीय समाजवादी– ४८
हाम्रो नेपाली पार्टी–९६

त्यस्तै, स्वतन्त्र र मनोनीत सांसद पनि मतदाताका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

सम्बन्धित

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group