ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घेराबन्दीविरुद्ध लडिरहेको छु, तर धेरै चर्को भन्न हुन्न : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
फाल्गुन २१, २०७९ आईतबार   २ : ००   बजे

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभएको छ ।आईतवार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री दाहालले विभाजित माओवादी पार्टीका विभिन्न घटकहरुलाई एकताबद्ध हुन आग्रह गर्नुभएको हो । उहाँले सबै माओवादीहरु एक ठाउँमा केन्द्रित हुने समय आएको बताउनु भयो ।

उहाँले विगतमा विभाजित भएर सबैले आ–आफ्नो अनुभवहरु समेटेको भन्दै एकअर्काको अनुभवहरुलाई आफ्नै अनुभवको रुपमा लिएर एकतावद्ध हुनुपर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले आफुले एकताका लागि सबै सँग कुरा गरिरहेको र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने निकै अघि बढिसकेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘समय आएको छ । फेरि हामी माओवादीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । मैले त्यो अपील गर्दै आएको छु । माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रुपमा अगाडी आयो ।

शान्ति प्रक्रियापछि यो विभिन्न भंगालाहरुतिर विभाजित जस्तो भयो । अब समय फेरि बग्दै जाँदा ति सबै भंगालाहरु एक ठाउँमा मिसिएर एउटा विशाल सागरतिर जाने समय आयो । हामी सबैले सबैका अनुभवलाई, मैले भन्ने गरेको छु अहिले यहाँ बाबुरामजीले हासिल गरेका अनुभवहरु, विप्लवजीले हासिल गरेका अनुभवहरु, धर्मेन्द्रजीले हासिल गर्दै हुनुहुन्छ । किरणजीले हासिल गरेका अनुभवहरु यी सबैलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीतामीठा, राम्रा, नराम्रा ति सबै हाम्रै हुन् भनेर हामीले आत्मसात् गर्न सकेको दिन हामी यति बलियो हुन्छौँ । यति शक्तिशालि हुन्छौँ कि हामीलाई कसैले पनि कमजोर साबित गर्नसक्ने छैन । मैले विप्लवजीसँग कुरा गर्दा बडो गम्भिरताका साथ भनेको छु हामी तपाईले हासिल गरेका सफलता, या तपाईले अनुभव गरेका तीता, मीठा ति सबै मेरा पनि हुन् ।

मैले जे अनुभव गरिराखेको छु यो ठाउँमा बसेर त्यहाँ भएका तीता, मीठा राम्रा नराम्रा तपाईका पनि हुन् । बाबुरामजी र म त कुरा गर्दै धेरै अगाडी बढीपनि राखेका छौँ । धर्मेन्द्रजीसँग पनि कुरा भइराखेको छ । हाम्रा सबैका साझा अनुभव, यसलाई तैँले र मैले भन्ने ढंगले नहेरीकन हामी आन्दोलनको प्रवाहको क्रममा, विकासको क्रममा विभिन्न भंगालामा गएपनि अब फेरि एक ठाउँमा केन्द्रित हुने समय आयो भनेर महशुस ग¥यौँ भने सबै अनुभवलाई आफ्नो अनुभवको रुपमा, सबै सहिदलाई जनताका शहीदको रुपमा सम्मान गर्ने उदात्त विचार र भावनाबाट अगाडी बढ्यौँ भने हाम्रो एकतालाई कसैले नि रोक्न सक्दैन भन्ने मेरो बुझाइ छ ।’प्रधानमन्त्री दाहालले आफूमाथि जनयुद्धका कमाण्डरको हैसियतमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न दबाब र घेराबन्दी बिरुद्ध लडिरहेको बताउनु भयो ।

उहाँले मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द र धर्मेन्द्र बास्तोलाहरु पनि विभिन्न घेराबन्दीकाबिरुद्ध लडिरहेको आफूले देखेको भन्दै अब सबै मिलेर एक भएर लड्नुपर्ने बताउनु भयो । आफुहरु एक हुनु नै शहीद र बेपत्ता योद्धाहरुप्रति इमान्दार भएको ठहरिनु हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘मैले जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विभिन्न खाले दबाब र घेराबन्दीको बिरुद्ध म लडिराखेको छु भन्ने छ मलाई । र मैले के ठान्छु भने विप्लव, बाबुराम, धर्मेन्द्र, किरणजीहरु पनि लडिराख्नु भएकै देख्छु आजभोली । पहिलेजस्तो छैन घटनाक्रमहरु । सबै आ–आफ्नै ढंगले हामी लडिराखेकै छौँ । हामी सबै लडाईं लडिराखेका शक्तिहरु एक ठाउँमा केन्द्रित भएर लड्यो भने यो अमर हुनसक्छ । अनि मात्र हामीले शहीद, बेपत्ता योद्धाका सपनाहरुप्रति इमान्दार भएको ठहरिन्छ ।’उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री भएसँगै जनयुद्धका शहीदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने लगायतका निर्णयहरु गराउन सफल भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

Auto Draft

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group