ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार


एबीसी / संवाददाता

बेनी, १९ फागुन । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गराए । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएका हुन् ।

आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गरेका थिए । जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुगेका आलमले सुरुवातका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मार्ने सोच बनाए । तर, विद्यालयमा अध्यापन गर्दै जाँदा उनले तीन दशक एउटै विद्यालयमा बिताए ।

आलमले पढाउन थालेपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा उनले प्रधानाध्यापकको जिम्मेवारीसमेत बहन गरे । उनी आगामी २०८० असोज ३ गतेदेखि अनिवार्य अवकाश लिँदै छन् । आलमको योगदानको कदरगर्दै स्थानीयवासी र पूर्वविद्यार्थीले भव्य सम्मान गरेका छन् ।

विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई एक लाखसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ । विद्यालयमा हालै आयोजित एक समारोहमा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले उनलाई नगदसहित सम्मानपत्र प्रदान गरे । “विद्यालयको स्तरवृद्धि गरी शिक्षण पेशाका माध्यमबाट आलमले पुर्‍याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो”, अध्यक्ष छन्त्यालले भने ।

सम्मान ग्रहणपश्चात् प्रअ आलमले गाउँलेको अपार मायाले आफूले दुर्गमको दुःख भुलेर शिक्षणमा रमाएरै तीन दशक बिताएको बताए । “वर्षौँसम्म पैदल हिँडेर पहाडको स्कुलमा आउने गर्थ्यौँ, केही वर्षअघि मात्रै यहाँको गाउँमा मोटरबाटो आएको हो, बेनीदेखि यहाँ आउन हिजोका दिनमा निकै दुःख थियो, विद्यार्थीर अभिभावकको स्नेह र आत्मीयताले मलाई यो स्कुल छाडेर हिँड्न मनै लागेन”, आलमले भने ।

विद्यालय सञ्चालनमा देश तथा विदेशमा रहेका मल्कबाङवासीले गर्ने सकारात्मक सहयोग र योगदानले आफू प्रभावित बनेको उनले अनुभव सुनाए । दुर्गम विद्यालयमा राज्यको ध्यान र पहुँच कम पुग्ने भए पनि समुदायको अग्रसरता र क्रियाशीलताले विद्यालय सञ्चालनमा ठुलो योगदान पुगेको उनको भनाइ छ ।

विद्यालयमा निजी शिक्षकको रुपमा कार्यरत रहेको दुई वर्षमा अस्थायी सरकारी कोटामा नाम निकालेर अन्यत्रको विद्यालयमा पदस्थापना भएपछि आलमलाई गाउँलेले शिक्षा कार्यालयमा धर्ना दिएर मन्त्रालयसम्म पुगेर विद्यालयमा मावि दरबन्दी थप गेर पुनः विद्यालयमै फर्काएका थिए । विसं २०५३ सालमा परीक्षा दिएर २०६० सालमा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गरेका आलम २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका थिए । आलमको परिवार भने रौटहटमै बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com