ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरगहनासहित तीन जना भारतीय नागरिक पक्राउ


एबीसी / संवाददाता
फाल्गुन १७, २०७९ बुधबार  ८ : २७ बजे

काठमाडौँ, १७ फागुन । एक करोड रूपैयाँभन्दा बढी मूल्य पर्ने गरगहनासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो ।

सुराकीको आधारमा भारतीय डब्लुबी १२ एभी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाइछिपाइ ल्याएका ती गरगहनासहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बंगाल हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोड कोलकात्ता बस्ने ५१ गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् ।

उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाइछिपाइ ल्याएका सुनका ६३.९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रूपैयाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com