ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती सरकारमा कांग्रेस र एकीकृत समाजवादी भित्रिने, राप्रपा बाहिरियो


ABC NEWS

 

काठमाडौं १४ फागुन । बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले शनिबार साँझ मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष राजीनामा बुझाए।

राप्रपाले केन्द्र र सबै प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै बागमती सरकारबाट पनि राप्रपा हटेको हो।

राप्रपाका तर्फबाट बागमती सरकारमा सहभागी राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पदबाट राजीनामा दिएका हुन्।

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो गठबन्धन ब्यूँताएसँगै राप्रपाले शनिबार सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।

बागमती सरकारबाट राप्रपा बाहिरएसँगै यहाँको सत्ता समीकरण पनि फेरिने भएको छ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेसँगै सरकारमा सहभागी भएको १ महिनामै राप्रपा बाहिरिएपछि अब बागमती सरकार कसरी अघि बढ्ला भन्ने चासो छ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि एमाले पनि सरकारबाट बाहिरिन सक्ने सम्भावना बढ्दै गएको छ। यो अवस्थामा माओवादी केन्द्र र कांग्रेस मिलेर सत्ता बनाउने खेल सुरु भइसकेको विश्लेषण भइरहेको छ।

राप्रपा मात्रै बाहिरिएको अवस्थामा वर्तमान सत्ता समीकरणमा ठूलो क्षति हुने देखिन्न। तर, एमाले पनि हटेमा पूरै फेरबदल आउनेछ।

मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउँदै राप्रपाका मन्त्रीहरू।मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउँदै राप्रपाका मन्त्रीहरू।
११० सदस्यीय बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ सिट छ। एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का ३ र हाम्रो नेपाली पार्टी ९हानेपा० का २ प्रदेश सांसद छन्।

तीन दलीय बागमती सरकारलाई नेमकिपाबाहेक ६ वटै दलको समर्थन थियो। मन्त्रालयदेखि सभामुखसम्म दाबी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दियो।

तर सरकार केन्द्रकै ढाँचामा बन्यो। विश्वासको मत दिनु र सरकारको जिम्मा दिनु फरक कुरा भएको भन्दै मुख्यमन्त्रीले सत्ता गठबन्धनमा रहेकालाई मात्रै सरकारमा समावेश गरे।

केन्द्रमा पुरानै गठबन्धन ब्यूतिनेबित्तिकै कांग्रेसका सांसदहरूले आफ्नो गतिविधि बढाइरहेको नेपाली कांग्रेस बागमतीका प्रमुख सचेतक कुन्दनराज काफ्लेले बताए।

‘केन्द्रमा जे हुन्छ, प्रदेशमा पनि त्यही हुने हो। नयाँ गठबन्धन टुटेर पुरानो ब्यूँतिएकाले कांग्रेस सरकारमा जान्छ भन्ने सम्भावना बढेको हो’, उनले भने।

यता सरकारबाट बाहिरिएको राप्रपाका सांसदहरू प्रतिपक्षी भूमिकामा रहेर संसदमा उपस्थित हुने बताउँछन्।

‘सरकारमा धेरै दिन बस्न सकेनौं। हाम्रो सिद्धान्त र सरकारको रवाफ हामीमा मेल खाएन। हामी अब पूर्ण रूपमा प्रतिपक्षीको भूमिकामा रहनेछौं’, राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने।

केन्द्रको राजनीतिक ढाँचाअनुसार बागमतीको समीकरणमा अब कस्तो बन्ला भन्ने चर्चा छ। राप्रपाका मन्त्रीहरूले छाडेका तीनवटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने भएका छन्।

पुरानै गठबन्धनको नयाँ सत्ता समीकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी यस प्रदेशमा भित्रिएको भए पनि राष्ट्रपतिको चुनावअघि नयाँ मन्त्री नियुक्ति नहुने मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बताउँछन्।

‘राप्रपाले सम्हालेका तीनवटा मन्त्रालयमा तत्काल अरू मन्त्री नियुक्ति गरिदैँन। केन्द्रमा राष्ट्रपतिको चुनावपछि मात्र बागमतीमा रिक्त मन्त्री नियुक्ति हुनेछन्’, मुख्यमन्त्री जम्मकट्टेलले भने।

त्यसो त केन्द्रमा पुरानै गठबन्धन ब्यूँतिएपछि बागमती प्रदेशमा पनि अब माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादी मिलेर सरकारमा जाने सम्भावना बढेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com