ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीयता र गणतन्त्र विरोधीसँगको सहकार्यले भ्रम पैदा भएको थियो, अब नयाँ अध्याय शुरु भयो : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

 

 

काठमाडौँ १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, अविश्वास पैदा गरेको बताएका छन् । महेन्द्रनारायण निधिको १ सय १ औं जन्मदिनको अवसरमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने मैले दुई महिनाभित्र त्यो तीतो अनुभव र अनुभूति गरेँ भन्दै उनले सबै लोकतान्त्रिक शक्तिहरु र हिजो ऐतिहासक रुपमा भूमिका खेलेका शक्तिहरु मिल्नु पर्ने अवस्था आयो भने ।

अहिलेको गठबन्धन बनेपछि जुन शक्ति हौसिएर आयो त्यसले गर्दा ठीक नलागेको उनको भनाइ थियो । उनले वर्तमान गठबन्धनबाट पूर्वराजा ज्ञानेन्द्रसमेत हौसिएको टिप्पणी गरे ।

‘पटक–पटक संसद् विघटन गर्ने अवस्था भयो । संविधानमाथि प्रहार गर्ने अवस्थामा थियो, प्रचण्डले भने, म प्रधानमन्त्री बनेपछि जुन शक्तिहरु हौसिएर आयो । संविधानले पूर्वराजाको रुपमा बस्न दिएको छ तर अन्य रुपले चिन्दैन । त्यो हौसिँदा मैले के महसुस गरेँ भने म जुन गठबन्धनमा छु सायद संविधान र राष्ट्रको हितमा छैन । म अहिले धेरै भन्दा चाहन्न ।’

कार्यक्रममा उनले देश राजनीतिक तथा आर्थिकरुपमा संकटग्रस्तमा अवस्थामा रहेकाले राष्ट्रिय सहमति आवश्यक भएको टिप्पणी गरे । देशमा अप्ठ्यारो अवस्था छ । अर्थतन्त्र संकटग्रस्त । केही महिनादेखि सकारात्मक संकेत । राजनीति के हुने हो भन्ने चिन्ताबाट पुरै मुक्त हुन सक्ने अवस्थामा छैन, प्रचण्डले भने, संविधानले नचिनेको नाराहरु लागे फागुन ७ गते । हाम्रो संविधान गणतन्त्रात्मक संविधान र लोकतान्त्रिक संविधान हो ।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई राष्ट्रिय सहमतिको सुत्रधार बनौं भन्दा त्यसलाई अस्वीकार गरेको आरोप लगाए । ‘एमाले अध्यक्ष ओलीसँग आफूले राष्ट्रिय सहमतिको सुत्रधार बनौं र दुवै मिलेर राष्ट्रपति कांग्रेसलाई दिऔं भनेको हो । सबैभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ, तपाईंको सभामुख भएकै छन् र राष्ट्रिय सभाका अध्यक्ष पनि छन् । हामी दुवै गएर कांग्रेसलाई राष्ट्रपति तपाईंहरु लिनुहोस् भन्ने हो भने एउटा नयाँ राष्ट्रिय सहमति हुन्छभन्दा मान्नु भएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ८ दलको बीचमा जे भयो त्यो राष्ट्रिय सहमति हो भन्ने मेरो बुझाइ छ । अहिले मिल्न जरुरी थियो । अहिले सबैलाई यो राजनीतिक प्रक्रियामा इङ्गेज गराउन पर्ने थियो ।’सभामुख एमालेको रहेको भन्दै एमालेले चाहेर पनि प्रक्रियाबाट बाहिर जान नसक्ने बताए । ‘एमाले पनि अब कतै जान सक्ने अवस्थामा छैन । प्रतिपक्षमा जान सक्नु हुन्छ । आज मात्रै राप्रपाका मन्त्रीहरुले राजीनामा दिनुभयो अब हामी कानुनीरुपमा जानै नै पर्छ । सरकार नयाँ बन्छ वा पुनर्गठन हुन्छ आदि–इत्यादि हुन्छ,’ दाहालले भने, ‘एमालेको सभामुख हुनुहुन्छ त्यहाँबाट फुत्किएर बाहिर जान सक्ने अवस्था छैन । यस अर्थमा ८ दलले कांग्रेसलाई राष्ट्रपतिमा सहमति गर्नु ८ दलको मात्रै सहमति होइन सिंगो राष्ट्रको सहमति हो भनेको हुँ र आमनेपाली जनताको सहमति हो भनेको ठानेको छु ।’

कार्यक्रमा पूर्वराजाको आलोचना गरेका दाहालले संविधानले कुनै राजा महाराजालाई कुनै स्थान नदिएको बताए । ‘त्यो संविधान हामीले सर्वसम्मत रुपमा पारित गरेको संविधान हो तर कहीं न कहीं कुनै न कुनै कोणबाट अपमानित गर्ने काम भएको छ । लोकतान्त्रिक गणतन्त्रका लागि हजारौं मानिसले रगत बगाएर प्राप्त गर्ने उपलब्धिलाई अपमानित गर्ने कोसिस भयो,’ दाहालले भने, ‘यो पनि हामी सबै लोकतान्त्रिक शक्तिका लागि चुनौती हो । लोकतन्त्रलाई सुदृढ गर्ने, जनताको विकास र समृद्धिको आकांक्षालाई समृद्ध गर्ने सबैभन्दा सहज र स्वाभाविक, प्राकृतिक यो देशको कोर्स के हुन सक्छ ।’

दाहालका अनुसार १२ बुँदे समझदारीमा हस्ताक्षरकर्ताहरु, शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता, संविधानसभाबाट संविधान घोषणा गर्दा त्यसमा समावेशी लोकतन्त्रका मान्यतामा सहमत भएकाहरुको जनतालाई अधिकारलाई संरक्षण गर्ने स्वाभाविक कोर्ष हुने छ ।

‘बेलाबेलमा उतार चढाव भए पनि हामी ठीक ठाउँमा आइनै हाल्छौं । त्यसका कारण हिजो निकै खुसी र गर्व महसुस गरेँ । कतिपय मानिसलाई लाग्न सक्छ प्रधानमन्त्री पाउनका लागि यो हो । ८ दलीय गठबन्धनभन्दा अघि नै प्रधानमन्त्री पाइसकेको थिए,’ दाहालले भने ।

उनले राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारिएका कांग्रेसका नेता रामचन्द्र पौडेललाई लोकतन्त्र र राष्ट्रहित कसैसँग नझुक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com