ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललाई कसैले प्रस्ताव गरेको छैन : एकीकृत समाजवादी


ABC NEWS
फाल्गुन १०, २०७९ बुधबार  ३ : ३७ बजे

काठमाडौं १० फागुन । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिबारे कसैले पनि पार्टी अध्यक्ष माधव नेपाललाई प्रस्ताव नगरेको दाबी गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबार भएको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता झलनाथ खनाल अहिलेसम्म कसैले पनि हामीलाई राष्ट्रपति पदबारे प्रस्ताव नगरेको बताएका हुन् ।

एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति पाएमा लिने निर्णय गरेको एक नेताले बताए। “राष्ट्रपति पद पाएमा लिने सर्वसम्मत निर्णय भएको छ,” उनले भने।

‘सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो,’ खनालले भने, ‘राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्‍यो।’

उनले राष्ट्रपति निर्वाचनलगायत विषयमा अन्य दलहरूसँग पनि पार्टीले छलफल गर्ने बताएका थिए। एमालेसँग अहिले पार्टी एकता नहुने उनले संकेत गरेका छन्।

‘एमालेसँग कुरा मिल्न कठिन सवाल छ। मिल्दै मिल्दैन कसरी भन्ने, मिल्ने आधार पनि तय भएको छैन,’ खनालले भने।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकले २ वटा निर्णय गरेको बताए। पहिलो, अग्रगमन शक्तिहरूसँग छलफल गर्ने। दोस्रो, राष्ट्रपति निर्वाचनबारे दलहरूसँग परामर्श गर्ने।

उनले पनि राष्ट्रपतिमा कसैले पनि अहिलेसम्म पार्टीलाई प्रस्ताव नगरेको दाबी गरेका थिए।

‘राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन, यो च्याप्टर क्लोज भयो। कसैले प्रस्ताव गरे धारणा बनाउने हो। तर हामी संसदमा रहेका सबै दलहरूसँग छलफल भने गर्छौं,’ उनले भने।

राष्ट्रपति राजनीतिक दलभित्रैबाट हुनुपर्छ भन्ने पार्टीको धारणा रहेको उनको भनाइ छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच केही दिनअघि भेटवार्ता भएको र उक्त भेटमा अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिमा प्रस्ताव गरेको खबर आएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

सम्बन्धित

भारतको सबैभन्दा पुरानो समाचार एजेन्सी यूएनआईको कार्यालय ‘सिल’

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ – राष्ट्रपति

पेन्टागनको पत्रकार प्रतिबन्ध असंवैधानिक ठहर : अमेरिकी अदालतको ठूलो फैसला

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com