ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीमा सकारात्मक प्रवृत्ति प्रवर्द्धन गरौँ : सचिव रेग्मी


एबीसी / संवाददाता
फाल्गुन १०, २०७९ बुधबार  ९ : ४१ बजे

काठमाडौँ, १० फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवर्द्धन गर्नु जरुरी भएको बताएका छन् ।

धनगढीस्थित नवजीवन सहकारी संस्थाका पदाधिकारीसँगको अन्तरक्रियामा उनले सहकारीको समन्यायिक विकासमार्फत देशमा आर्थिक–सामाजिक रुपान्तरण गर्ने क्षमता बढाउनुपर्ने बताए । सचिव रेग्मीले सहकारीका मूलभूत आदर्श र सिद्धान्तको व्यवहारिक प्रयोग एवं कानुनको परिपालना गर्ने परिपाटीको विकास तथा स्वअनुशासन परिपालना हुनसकेमा सामाजिक ऊर्जाका रूपमा रहेको यस क्षेत्रमा सुशासनको आयाममा समेत सकारात्मक सन्देश प्रवाह हुने धारणा राखे ।

देशको सवल अर्थतन्त्र निर्माण गर्न सहकारी अभियानलाई प्रभावकारीरूपले सञ्चालन गर्न सबै सरोकारवालाको सहकार्य अनिवार्य भएको उल्लेख गर्दै उनले सहकारीमा सकारात्मक प्रवृत्तिको प्रवर्द्धन र नकारात्मक प्रवृत्तिको नियन्त्रण गर्न जरुरी रहेको विचार प्रकट गरे ।

नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले अहिले संस्थाले दैनिक रु एक करोडको हाराहारीमा बचत संकलन गर्नुका साथै किसानको हकहितमा कर्जा प्रवाह बचत सुरक्षा सुनिश्चित गरेको बताए । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकाले नवजीवन सहकारीले २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारसमेत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com