ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वको प्रसिद्ध मनकामना मन्दिर ओझेलमा


एबीसी / संवाददाता
फाल्गुन १०, २०७९ बुधबार  ९ : १७ बजे

भोजपुर, १० फागुन । पूर्वको प्रसिद्ध धार्मिकस्थल मनकामना क्षेत्र ओझेलमा परेको छ । अरुण नदीको सत्तिघाट नजिकै रहेको प्रसिद्ध धार्मिकस्थल प्रचारप्रसार अभावमा ओझेलमा परेको हो ।

भोजपुर र सङ्खुवासभाको सिमाना अरुण नदीको किनारमा रहेको यो स्थलमा दर्शन गर्नको लागि विभिन्न ठाउँबाट भक्तजन पुग्ने गरेका छन् । खाँदबारी नगरपालिका–९ मा पर्ने यो स्थलमा सत्यदेवीको मन मस्तिष्क पतन भएर मनकामना धामको उत्पत्ति भएको मन्दिरको पुजारीका भनाइ छ ।

यहाँ पुगेर दर्शन गरे मनोकांक्षा पूरा हुने मन्दिरका पुजारी मनोज कट्टेलले जानकारी दिए । पूर्वको एक प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँको महत्वलाई बुझाउन नसक्दा ओझेलमा परेको उनको भनाइ छ । “मनकामनाको धेरै ठुलो धार्मिक महत्व छ”, उनले भने, “यहाँको महत्व भक्तजनलाई बुझाउन सकिएको छैन । खासमा यो धाम ओझेलमा परेको अवस्था छ ।”

अनौठो देखिने नदी किनार नजिकै रहेको छत्र शिलालाई पार्वतीको पतन भएको मस्तिष्कको रुपमा लिन सकिने उनको भनाइ छ । यहाँ विभिन्न देवीदेवताको आकृतिसँगै हात्तीको रुप, गरुड, नाग, पार्वती पाइलासमेत देख्न सकिने पुजारी कट्टेलले बताए । “शास्त्रीय चिन्तनलाई मनन गर्दा यसलाई सत्यदेवीको मस्तिष्कको रुपमा लिन सकिन्छ”, कट्टेलले भने, “यहाँ देवताका धेरै रुप हेर्न सकिन्छ । भगवान्को राम अवतार, कृष्ण अवतार र बराह अवतार सबै अवतार एउटै शिलामा रचना भएको छ ।”

यहाँ आउने भक्तजनले पहिला गएर अरुण नदीबाट जल ल्याएर मनकामना छत्र शिलामा पूजा गरेपछि मन्दिरमा पूजा गर्ने चलन रहेको पुजारी सूर्यप्रसाद कट्टेलले जानकारी दिए । पहिला नदी किनारमा रहेको मनकामना छत्र शिला भएको ठाउँमा नै मन्दिर भए पनि २०२१ सालमा आएको बाढीले क्षति गरेपछि थौरै माथितिर मन्दिर निर्माण गरिएको उनले जानकारी दिए ।

“पहिला नदी नजिकै मन्दिर थियो”, पुजारी कट्टेलले भने, “बाढीले क्षति गरेपछि मन्दिरलाई थोरैमाथि स्थानान्तरण गरिएको हो । अहिले पनि पहिलो पूजा तलको छत्र शिलामा नै गरिन्छ ।” बाढीले मन्दिर पुरेपछि त्यहा रहेको छत्र शिलालाई निकालेर घेराबार गरिएको छ । त्यहाँको देवताको मूर्तिलाई मास्तिर लगेर मन्दिर स्थापना गरिएको पुजारी कट्टेलले बताए । “मन्दिरमा देश तथा भारतका विभिन्न ठाउँबाट भक्तजन आउछन्”, उनले भने, “मानिसको ठूलो धार्मिक विश्वास रहेको मन्दिर हो । यहाँको संरचनाको पनि विकास भइरहेको छ तर अझै पनि यो ठाउँ ओझेलमा परेको देखिन्छ ।”

विसं २०७२ बाट यहाँ गुरुकुलसमेत सञ्चालन भइरहेको छ । यहाँ डेढ दर्जन बढी बटुकले बेद, रुद्री कर्मकाण्ड, भागवतलगायतको शिक्षा लिँदै आएका छन् । गुरुकुलमा देशका विभिन्न ठाउँबाट बटुक आउने गरेका छन् । धर्म संस्कार संस्कृतिको संरक्षण गर्न गुरु कुल स्थापना गरिएको गुरुकुल सञ्चालक लक्ष्मणप्रसाद पोखरेलले जानकारी दिए ।

“यहाँ विभिन्न कर्मकाण्डलगायत भागवतको पनि सिकाइ हुन्छ”, पोखरेलले भने, “मुख्यरुपमा धर्म, संस्कार संस्कृतिको संरक्षण गर्न गुरुकुल सञ्चालनमा ल्याइएको हो ।” यहाँ सडक तथा खानेपानीको समस्या रहेको उनको भनाइ छ । त्यस्तै दर्शन गर्न आउने भक्तजनको लागि आश्रमस्थल, शौचालय नहुँदा समस्या रहेको उनले बताए । “मुख्यरुपमा यहाँ सडक र खानेपानीको समस्या छ”, उनले भने, “भक्तजनलाई बस्नको लागि आश्रयस्थलको अभाव छ । बर्सातको समयमा यहाँ आउनको लागि समस्या छ । यो पवित्र ठाउँको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।”

पछिल्लो समय यहाँको विकास लागि केही संरचना निर्माण भइरहेका छन् । यो स्थानमा एकादशीलगायत विभिन्न समयमा मेला लाग्ने गरेको छ । नजिकै रहेको सतीघाटमा पक्की पुल नहुँदा भने भोजपुरबाट यहाँ पुग्ने मानिसलाई समस्या हुने गरेको छ । यो स्थानलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न सरकारले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

खाँदबारी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर यहाँको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेको जनाइएको छ । यहाँ आउने भक्तजनलाई लक्षित गरेर विभिन्न संचरना निर्माण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

ओलीको बालेनप्रति व्यंग्य: ‘बतासे अण्डा र बतासको खेती’ – झापा–५ मा चुनावी आगो बल्यो !

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

पाँचथरमा नयाँ उम्मेदवारहरूबीच तीव्र चुनावी भिडन्त : पुराना अनुहारहरू बाहिरिए, १५ दल मैदानमा

झापा –५ः ओली र बालेन्द्रले बनाउन खोजेका भाष्यहरु कस्ता छन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com