काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले गुरुङलाई चार वर्षका लागि सिइओ नियुक्त गरेको हो ।
उनी प्रतिस्पर्धाबाट सिइओ बनेका हुन् । यसअघि अनिलकुमार उपाध्याय चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि बैंकमा सिइओ पद खाली थियो।
यसअघि गुरुङ सिभिल बैंक र म्यानमार सिटिजन बैंकको सिइओ भएका थिए । उनी हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक हुँदै सिभिलको सिइओ भएका थिए । उनी अब सरकार स्वामित्वको कृषि विकास बैंकको सिइओ बनेका छन्।








प्रतिक्रिया दिनुहोस्