ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्कटल्यान्डविरूद्ध कुशल मल्लको अर्धशतक, २० ओभरमा १२७ रन, लक्ष्य २७५


ABC NEWS
फाल्गुन ५, २०७९ शुक्रबार  २ : ५७ बजे

 

काठमाडौं ५ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। मल्लले ४२ बलमा अर्धशतक बनाउन ६ चौका र ३ छक्का हानेका थिए ।
कुशलको यो एकदिवसीय खेलमा भएको दोस्रो अर्धशतक हो । यसअघि उनले लिग–२ कै खेलमा अमेरिकाविरुद्ध अर्धशतक बनाएका थिए ।
नेपालले स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ओपनर कुशल भर्तेल १६ रन बनाएर तेस्रो ओभरमा, ज्ञानेन्द्र मल्ल ४ रनमा सोही ओभरमा र आसिफ शेख पाँचौ ओभरमा ९ रन बनाएर आउट भए। तीनै जनालाई स्कटल्यान्डका क्रिस सोलले क्याच आउट गरे। उनले पहिलो ओभरमा २३ रन खर्चिए पनि त्यसपछि उत्कृष्ट बलिङ गरे।
यस्तै नेपालका कप्तान रोहित पौडेल ६ रन तथा सन्दीप जोरा ५ रन जोडेर आउट भए। दुवैलाई स्कटल्यान्डका मार्क वाटले आउट गरे।
अहिले नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल ब्याटिङ गरिरहेका छन्। नेपालले २० ओभरमा १२७ रन बनाउँ दा पाँच विकेट गुमाएको छ। यस अघि दुई दिन भएको एक दिवसीय खेलमा नेपालले नामवियालाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com