ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ यती एयरलाइन्सको विमान दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन (प्रतिवेदनकाे पूर्णपाठ)


एबीसी / संवाददाता
फाल्गुन ४, २०७९ बिहीबार  ६ : १८ बजे

काठमाडौँ, ४ फागुन । गएको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको ५ सदस्यीय जाँचबुझ आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदनले विमान दुर्घटनामा पर्नुअघि विमानमा समस्या आएपछि कमाण्ड परिवर्तन भएको विवरणमा उल्लेख गरिएको छ ।

दुर्घटना जाँच आयोगले बुधबार वेवसाइटमार्फत् सार्वजनिक गरेको प्रारम्भिव प्रतिवेदनमा दुर्घटनाको १४ सेकेन्डअघि पाइलट अञ्जु खतिवडाबाट कमाण्ड प्रशिक्षक पाइलट कमल केसीले लिएका थिए ।

जहाज १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा सेती खोँचमा खसेको थियो । त्यसको १४ सेकेन्ड अगाडि को–पाइलटको सिटमा रहेका प्रशिक्षक पाइलट केसीले जहाजको कन्ट्रोल लिएको प्रतिवेदनमा देखिएको छ । त्यसबेला जहाजमा खतरा जनाउने संकेत देखिइसकेको दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

खतराको संकेत पाएपछि बिहान १०ः५७ः१८ बजे विमानको नियन्त्रण अञ्जुले केसीलाई दिएकी थिइन् । उक्त अवस्थामा पाइलट अञ्जुले इन्जिनमा पावर नरहेको समेत केसीलाई बताएकी थिइन् । उक्त दुर्घटनामा चालक दलका ४ सहित ७२ जनाको निधन भएको थियो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०ले उक्त विमान अवतरणका लागि धावनमार्ग ३० उपलब्ध गराएका थिए । तर, चालक दलले धावनमार्ग १२ मागेका थिए । त्यसपछि एटिसीले १२ मा अवतरण गर्न अनुमति दिएका थिए । बिहान १०ः५१ मा धावनमार्गको उत्तरतर्फ १२ बाट अवतरण गर्न प्रयास भएको थियो । १०ः५६ मा पाइलटहरूले विमानको पंखा १५ डिग्रीको पोजिसनमा राखेका थिए । धावनमार्गमा अवतरणका लागि विमानको ल्यान्डिङ गियरसमेत खोलेका थिए । विमानको मुख्य कमान्डमा रहेकी अञ्जुले विमानलाई देव्रेतर्फ नै निरन्तर लगिरहने हो कि होइन भन्ने सोधेकी थिइन् । प्रशिक्षक केसीले निरन्तरता दिन निर्देशन दिएका थिए । खतिवडाले विमान तल लग्ने कि नलग्ने भन्ने सोध्दा त्यो आवश्यक नरहेको भन्दै केसीले अलिकति बढी पावर लगाउन निर्देशन दिएका थिए । अन्तिममा खतिवडाले विमानको सम्पूर्ण कमान प्रशिक्षक केसीलाई सुम्पिएकी थिइन् ।

तर, इन्जिनको पावर नआएको पत्तो पाएसँगै अन्तिम क्षणमा उनले जहाजको कमान्ड प्रशिक्षक पाइलट केसीको हातमा सुम्पिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात् जहाज मोड्नुपर्ने अवस्थामा थियो । त्यसबेला दुवै इञ्जिनका प्रोपेलहरू फेदरमा गएको देखिएको छ । यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज सेती खोँचमा झरेको थियो ।

यो अवस्था आउनुमा इञ्जिनकै खराबी थियो, मानवीय कमजोरी भयो वा अवतरण गर्ने मार्गमै केही समस्या थियो भन्नेबारे विस्तृत प्रतिवेदनले मात्र देखाउने भएको छ । दुर्घटना जाँच आयोगले अबको अनुसन्धान यी तीन विषयमा केन्द्रित हुने बताएको छ । सो दिन उही चालक दलका सदस्यको यो तेस्रो उडान थियो । जहाज भिएफआर प्रणालीबाट अवतरण गरिएको थियो ।

दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डेटा विश्लेषण गरेको थियो । फ्लाइट डेटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डेटा विश्लेषण गर्न आयोगको नेतृत्वमा सिंगापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com