ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थ मन्त्रालयले थाल्यो आगामी आर्थिक वर्षको बजेटको तयारी


एबीसी / संवाददाता
फाल्गुन ३, २०७९ बुधबार   ८ : २८   बजे

काठमाडौँ, ३ फागुन । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट निर्माण तयारी सुरू गरेको छ । त्यसका लागि विभिन्न पक्षसँग छलफलको तयारीमा अर्थ मन्त्रालय जुटेको हो ।

सरोकालवाला विभिन्न पक्षसँग छलफल गर्ने र त्यसपछि कार्यतालिका बनाएर बजेट निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालय बजेट महाशाखाका अनुसार मध्यावधि समीक्षा सकिएसँगै बजेट निर्माणको नियमित प्रक्रियाअघि बढ्ने छ ।

सुरूको चरणमा कस्तो बजेटको अपेक्षा हुन्छ त्यसअनुसार सरोकारवालाको राय लिइने महाशाखाले जनाएको छ । बजेट कार्यक्रम विनियोजन विधेयकका सिद्धान्तहरूको रूपरेखा अर्थ मन्त्रालयले तयार गर्ने छ । त्यस्तै, सार्वजनिक संस्थान र मन्त्रालयको प्रगति विवरणसमेत तयार गर्नुपर्ने छ ।

व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको मस्यौदा तयार गरिने छ । यी काममा लागि अर्थ मन्त्रालय जुट्नुपर्ने छ । त्यसको कार्यतालिकाबारे अहिले अर्थ मन्त्रालयले छलफल गरिरहेको छ ।

चालु आर्थिक वर्षको कुल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड हुने अनुमान गर्दै बजेट आएकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यसलाई घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान गरेका छन् ।

यो रकम २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले कम हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group