ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय नोटसहित युवक पक्राउ


एबीसी / संवाददाता
फाल्गुन ३, २०७९ बुधबार  ६ : २८ बजे

जलेश्वर, ३ फागुन । महोत्तरी जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याउँदै गरेको १७ लाख भारतीय रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ बस्ने महेन्द्र यादवका छोरा २९ वर्षीय महेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले बताए ।

भारतको बिहार राज्यको मधुवनी जिल्लाको मधवापुर सहरबाट ज ६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरको स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच सयको तीन हजार चार सय थान नोट ३४ बण्डलमा १७ लाख रुपैयाँसहित युवक महेशलाई दशगज्जाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ललाई भारतबाट युवकले स्रोत नखुलेको भारी मात्राको नोट लिएर नेपाल आउँदै गरेको गोप्य सूचना प्राप्त भएलगत्तै प्रहरी उपरीक्षक मल्लले आफैँ मटिहानी–८ स्थित दशगजा क्षेत्रमा गएर युवकलाई पक्राउ गरिएको हो ।

स्रोत नखुलेको भारतीय रुपैयाँ १७ लाख (नेपाली २७ लाख २० हजार)सहित पक्राउ परेका युवक महेशलाई विदेशी विनिमय ऐन, २०१९ अन्तर्गत आवश्यक कारबाहीका लागि बारा जिल्लाको पथलैयामा अवस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बालेन सरकारलाई कार्यसूचीमा थप गर्न पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

भदौ २४ को घटनामा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com