ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोधारा चाँदनीको सुख्खा बन्दरगाह तीन वर्षभित्रै बन्छ :  प्रचण्ड


ABC NEWS

कञ्चनपुर १फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने बताएका छन् । सोमबार दोधारा चाँदनी १ स्थित सुख्खा बन्दरगाह निर्माण स्थलमा पुगेर प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमको विकास लागि आफू लागि पर्ने प्रतिवद्धता जनाएका हुन् ।

सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने पनि प्रधानमन्त्री प्रचण्डले बताए । उनले सम्झौतामै तीन वर्षभित्रै निर्माण सम्पन्न हुने उल्लेख भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने बताए ।

‘सुख्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात मैले नै गरेको हो,’ सुख्खा बन्दरगाह निर्माण स्थल अवलोकनका लागि दोधारा चाँदनी पुगेका प्रचण्डले भने, ‘यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।’

प्रधानमन्त्रीका अनुसार सुख्खा बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन सकिएको छ । बन्दरगाह निर्माणपछि दोधारा चाँदनी वा सुदूरपश्चिमको मात्रै नभई सिंगो देशकै विकासमा योगदान पुग्ने उनले बताए ।

यस्तै, त्रिदेशीय साझेदारीको रणनीतिका रुपमा भारत र चीनको विकासबाट लाभ लिन सक्नुपर्ने उनले बताएका थिए । ‘हामी त्यही लाभ लिने उपायको खोजीमा छौं,’ उनले भने । यस क्रममा प्रधानमन्त्रीले महाकाली नदीमा निर्माणाधीन पक्की पुलका बारेमा पनि जानकारी लिएका छन् ।

पुलको दुवैतर्फ निर्माणाधीन बाँधका विषयमा केही समस्या भएकाले यसको समाधान गर्न तत्काल मन्त्रिपरिषद्‍बाट निर्णय गरिने उनले बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि सुरु हुने औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सवको उद्घाटनका लागि महेन्द्रनगर पुगेका प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाको पनि निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com