ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब फोन गर्न डाँडामा उक्लिनु पर्दैन


एबीसी / संवाददाता
फाल्गुन १, २०७९ सोमबार  ७ : २३ बजे

तुलसीपुर, १ फागुन । तुलसीपुर–१९ छिल्लीकोटका प्रविर पुनले फोन गर्न डाँडोमा पुग्नुपर्थ्यो । डाँडोमा पुग्दा पनि ‘नेटवर्क’ले राम्रोसँग काम गर्दैनथ्यो तर अहिले उहाँको मोबाइलमा ‘फोरजी’ चल्न थाल्यो ।

छिल्लीकोटमै बनेको टेलिकम टावर सञ्चालनमा आएपछि उनको मोबाइलमा फोरजी चल्न थालेको हो । “पहिले फोन गर्न नै डाँडोमा पुग्नुपर्थ्यो, प्रविधिको जमाना छ, नेट चलाउन पनि डाँडामै पुग्नु पर्थ्यो”, उनले भने, “डाँडोमा पुग्दा पनि राम्रोसँग नेट चल्दैनथ्यो, तर, अहिले यहीको टावर सञ्चालनमा आएपछि घरभित्रैबाट नेट चलाउन पाइएको छ ।”

त्यस्तै, सोही ठाउँका पूर्ण पुन पनि घरबाटै फोन गर्न पाउँदा निकै खुसी छन् । उनले आफ्नै पहलमा टावर बनेको जनाउँदै टावर निर्माण भएपछि आफूहरुलाई निकै सहज भएको बताए । “मेरै पहलमा टावर निर्माण भएको हो, अहिले यो टावर सञ्चालनमा आएको छ”, उनले भने, “टावर सञ्चालनमा आएपछि अहिले घरबाटै फोन गर्न सकिएको छ ।” छिल्लीकोट दाङको पर्यटकीय गन्तव्य पनि हो । त्यही फोनले काम नगर्दा समस्या हुने गरेको थियो । ‘एनसेल’ले काम गर्ने गरेको भए पनि ‘एनटिसी’ले काम नगर्दा समस्या हुने गरेको थियो ।

अहिले उक्त टावरले ‘टुजी’ र ‘फोरजी’ सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम तुलसीपुरका प्रमुख तिलक जिसीले बताए । टावर सञ्चालन भएसँगै तुलसीपुरको छिल्लीकोटको कुटिचौर, सक्राम, ग्वारखोला आसपास, रोल्पाको रुन्टीगढी, डुब्रिङलगायतका स्थानमा फोन सेवाको पहुँच पुगेको छ ।

लामो समयको प्रयासपछि आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टावरको शुभारम्भ गरेका हुन्। विद्युत् नपुग्दा त्यहाँ लामो समयदेखि टेलिकमको टावर निर्माण भए पनि सञ्चालनमा आउन सकेको थिएन । सो अवसरमा उनले टेलिकमको टावर नपुग्ने ठाउँमा टावर पु¥याएर सञ्चारको पहुँचमा हरेक नागरिकलाई ल्याउने बताए । “अहिले पनि दाङको नाका क्षेत्र, विकट क्षेत्रमा अझै फोन सेवा सहज हुन सकेको छैन”, उनले भने, “ती ठाउँमा टावर पुर्याउने मेरो पहिलो काम हुनेछ ।”

उनले ‘हाइवे’ क्षेत्रमा पनि नेटवर्कको समस्या हुँदा दुर्घटना भएको बेला उद्धारमा समस्या हुने गरेको जनाउँदै तत्काल हाइवेमा फोन सेवाको व्यवस्था मिलाउन टेलिकम कार्यालय प्रमुखलाई निर्देशन दिइसकेको बताए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले केही छिट्टै दाङको सैघामा निर्माण भएको टेलिकमको टावर पनि सञ्चालनमा ल्याइने जानकारी दिइन् । त्यहाँ टावर सञ्चालनमा आएपछि बंगालाचुलीलगायतका क्षेत्रमा सहज सञ्चारको पहुँच हुने बताइएको छ ।

टेलिकमले छिल्लीकोटसहितका क्षेत्रमा निःशुल्क सिम वितरण गरेको छ । प्रमुख जिसीका अनुसार नयाँ टावर निर्माण भएको स्थानमा नमस्तेको निःशुल्क सिम वितरण गरिएको हो । प्रत्येक नयाँ टावर निर्माण भएको स्थानमा पाँच सय नयाँ सिम वितरण गरिने र आवश्यकताअनुसार सिम थप गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com