ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रालयको अडानबाट रवि र रास्वपा पछि हटे, भौतिक योजना मन्त्रालयमा नयाँ दावी


ABC NEWS

 

काठमाडौं २१ । गृहमन्त्रालय नै पाउनुपर्ने अडान राख्दै २ दिने अल्टिमेटम दिएको राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो अडानबाट पछि हट्दै सत्ता गठबन्धनमा रहने भएको छ ।विहीबार केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सत्ता गठबन्धनको सहमति अनुसार गृहमन्त्रालय आफ्नो दललाई दिनुपर्ने भन्दै २ दिने अल्टिमेटम दिएको थियो । रास्वपाका सभापति रवि लामिछानेलाई नै गृहमन्त्रालय फेरि दिनुपर्नेमा लबिङ गर्दै आएको रास्वपा आफ्नो पूर्व अडानबाट ब्याक भएको प्रधानमन्त्रीनिकट स्रोतको भनाई छ ।

रास्वापाका एक प्रभावशाली सांसदका अनुसार पनि सकेसम्म गृहमन्त्रालयको दावी गर्ने यदि संभव नभए अर्को मन्त्रालय लिएर भएपनि सत्ता गठबन्धनमै रहने आन्तरिक समझदारी रहेको बताएका छन् ।
‘दुई दिने अल्टिमेटम दिएको भए पनि रास्वपाले गृहमन्त्रालयको दाबी छोडेको छ’, प्रधानमन्त्रीनिकट एक नेताले भने ‘गृहसँगै उनीहरूले गैरसांसद रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउनुपर्ने अडान पनि छोडेका छन् ।’

भौतिक पूर्वाधार वा अर्को कुनै मन्त्रालय विकासे मन्त्रालइलिनेगरी गरी रास्वपा नयाँ सहमति गर्न तयार भएको छ । ‘गृह मन्त्रालय नपाउँदा सरकार छोड्दाको हानिनोक्सानी र आलोचना उनीहरूले नै धेरै बेहोर्नुपर्ने भएपछि उनीरूले गृह र रविको दुवै दाबी छोड्ने मनस्थिति बनाएका हुन्’ ।
माओवादीको बैठकबाट बाहिरिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘अहिले मेरो कुरा हुँदैछ, समस्याको समाधान हुन्छ’ भन्दै बाहिरिएका थिए । प्रचण्ड शनिबार माओवादी बैठकपछि बाहिरिएपछि साँझ रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

यो भेटमा पनि प्रचण्डले गृहमा अडान नलिँदा अवस्था सहज हुने भन्दै विकल्प सोच्न सुझाएको बालुवाटार स्रोतको दाबी छ । प्रचण्डको भनाइमा रविले विकल्पको निम्ति तयार रहेको जनाउ दिएको बुझिएको छ ।प्रधानमन्त्रीलाई भेट्न लामिछाने शनिबार सांझ बालुवाटार पुगेकथिए । ।

४ मंसिरमा रास्वपा अध्यक्ष लामिछानेले प्रयोग गरेको नागरिकता नै सर्वोच्च अदालतले अमान्य कायम गरेपछि १३ माघमा उनको सांसद पद खारेज भएको थियो । सँगै गृहमन्त्री र पार्टी सभापति पद पनि खारेजीमा परेको थियो । तर १५ माघमा रवि पुनः नेपाली नागरिकता निकालेलगत्तै सोही दिन पार्टी सभापति बने ।

नागरिकता पाएकै दिनदेखि रविले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्रीसँग तीन पटक भेटेरै दबाब दिएका थिए ।

एमाले अध्यक्ष केपी ओलीलाई पनि पटकपटक भेट गरे । शनिबार विहान एमाले अध्यक्ष ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफू रबिलाई नै गृहमन्त्रीदिने भन्ने पक्षमा नरहेको बताएपछि प्रचण्डले राहत महसुस गरेका थिए ।  स्रोताका अनुसार ओलीले एकाएक  टोन बदल्नमा केही वरिष्ठ नेताहरु र शितलनिवासले समेत ओलीलाई राष्ट्रपति निर्वाचनसम्म प्रचण्डलाई चिढाउन नहुने सझुाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com