ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारका निर्णय भावी सरकारलाई अमान्य – उपाध्यक्ष रावल


एबीसी न्यूज
माघ १२, २०७४ शुक्रबार   १२ : २९   बजे
  एकेन्द्र महता
अछाम  १२ माघ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनर्विचार गर्ने बताउनुभएको छ । प्रेस चौतारी अछाम शाखाले  साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उपाध्यक्ष रावलले वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रकोहीत विपरीत भएको बताउँदै भावी सरकारलाई उक्त निर्णयहरु मान्य नहुने चेतावनी दिनुभएको छ ।
सरकारले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी गरेको निर्णय, देश कंगाल बनाउने कदम भएको उहाँले टिप्पणी गर्नुभयो । ‘कामचलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको भन्दै वर्तमान सरकारलाई त्यसो गर्ने अधिकार छैन ।’ उहाँले भन्नुभयो—‘सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फँसाउने, प्रतिकूलता बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न मिल्दैन।’
वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्प र बाढीपीडितलाई घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने सरकारको निर्णयले चर्को आलोचना खेपिरहेका बेला त्यसविरुद्ध एमाले उपाध्यक्ष रावल कडा रुपमा प्रस्तुत भएका हुन् । उपाध्यक्ष रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश राजधानी तोक्ने विषयमा, नागरिकमा गलत भ्रम सृजना गरेको बताउनुभयो ।
राजधानी तोक्ने विषयमा सरकारले गठन गरेको विज्ञ टोलीले तयार पारेको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम तोक्ने निर्णयको विरोध गर्नुभयो । ‘सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नको लागि वामगठबन्धनले सुझाव दिइएको हो ।’ उहाँले भन्नुभयो– ‘कामचलाउ सरकारले गरेको अस्थायी मुकाम वामगठबन्धन मान्न तयार नभएको बताउनुभयो । प्रदेश नं।
७ को अस्थायी मुकाम धनगढीमा तोक्ने विषयमा काँग्रेसका कार्यकर्ताहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको पनि उहाँले बताउनुभयो । अहिलेको तोकिएको मुकाम अस्थायी भएकाले प्रदेश सभाको वैठकले सवै जनतालाई पाएक पर्ने स्थानमा राजधानी तोक्ने पनि बताउनुभयो । पत्रकार सम्मेलमा राष्ट्रिय सभामा नवनिर्वाचित सांसद शेरबहादुर कुँवर, प्रदेश सदस्य गोविन्द कुँवर र प्रदेश सदस्य मिना साउदको सहभागिता रहेको थियो । प्रेस चौतारी अछाम शाखाका उपाध्यक्ष कालु वोहराको अध्यक्षतामा कार्यक्रम भएको थियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group