ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवदह महोत्सवमा नि:शुल्क मधुमेह र दन्त परिक्षण हुने


एविसी संवाददाता

रुपन्देही, माघ १७। देवदह महोत्सवमा नि:शुल्क मधुमेह र दन्त परिक्षण हुने भएको छ। मंगलबार बसेको सातौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ को प्राथमिक उपचार तथा स्वास्थ्य समन्वय उपसमितिको बैठकले निशुल्क मधुमेह र दन्त परिक्षणसंगै रक्तदान समेत गर्ने निर्णय गरेको हो।

उपसमितिका संयोजक जयकिशन अधिकारीका अनुसार महोत्सव अवधीभर विजय डेन्टलले निशुल्क दन्त परिक्षण गर्नेछ भने देवदहमा क्रियाशील लायन्स क्लबहरूको आपसी समन्वयमा मधुमेह परिक्षण गरिनेछ। त्यसैगरी महोत्सव अवधिभरमा एक पटक रक्तदान गर्ने निर्णय समेत भएको संयोजक अधिकारीले जानकारी दिए।

बैठकले प्राथमिक उपचार तथा स्वास्थ्य समन्वय उपसमितिलई पूर्णता दिएको छ। जस अनुसार उपसमितिको सह-संयोजकमा सुशिला आले, सरोज न्यौपाने, डा कृष्ण गैरे र डा विजय अमगाई रहेका छन्।

आयोजक समितिले देवदहमा क्रियाशील महिला संघ/संगठन, आमा समूह र स्वयमसेविकासंग छलफल गरेको छ। मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारीबारे जानकारी दिनुका साथै आवश्यक सुझाव संकलन गर्ने क्रममा शुक्रबार मेलास्थल देवदह मण्डपमा छलफल सम्पन्न गरेको हो।

महोत्सव मूल आयोजक समितिका संयोजक मेघराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा गणेश क्षेत्री, सागर पोखरेल सुमित्रा राना, विष्णु प्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com