ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिमेकीहरुविरुद्ध कार्ड खेल्दैनौं भन्न किन्न बाध्य भए ओली ?


ABC NEWS

 

काठमाडौं ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग कुनै कार्ड नखल्ने स्पष्टीकरण दिएका छन् ।

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र उनीहरुको जायज चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जाने ओली बताए । वाम वर्चस्वको गठबन्धन सरकार बनेको परिवेशमा कतिपय विदेशीहरुले नेपालले चिनिया प्रभावमा परेको टिप्पणी भइरहेका बेला ओलीले यस्तो स्पष्टीकरण दिएका हुन् ।

नेकपा एमालको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘दुईटा छिमेकीसँग कार्ड खेल्दैनौ हामीले भनेका छौं । हाम्रो अभ्यास पनि त्यस प्रकारको होइन ।’

ओलीले अझ व्याख्या गर्दै भने, ‘हामी हाम्रा छिमेकीहरुका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं । भलो चिताएर उनीहरुलाई सहयोग पुर्‍याएर उनीहरुका जायच चासो, चिन्तालाई सम्बोधन गरेर अगाडि जान्छौं ।’्

नेपालको भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने र कुनै सैन्य गतिविधिमा सामेल नहुने आफ्नो मान्यता रहेको ओलीले स्पष्ट गरे । ओलीले भने, ‘हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रमा कुनै सम्झौता गर्दैनौं । पारपरिस्क लाभ र सम्मानका आधारमा सम्बन्ध कायम गर्छौं ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन्। विगतको सरकारले छिमेकीसँग सम्बन्ध बिगार्यो बेढंगी रुपले चल्योु, एमाले परराष्ट्र मामिला विभागको आयोजनामा भएको कार्यक्रममा देउवा नेतृत्वको सरकारतिर लक्षित गर्दै उनले भने, ‘त्यो सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्यो। अन्तर्राष्ट्रिय सशक्तिसँग दलाली गर्यो। छिमेक सम्बन्धलाई कृत्रिम ढंगले तनावपूर्ण बनाइयो।कूटनीतिक क्षेत्रका विषयमा आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिंदै ओलीले भने विषयको ज्ञान बढाउन पहल गर्नु पर्दछ ।’

‘ नेपाल उच्च भूराजनीतिक जोखिमयुक्त ठाउँमा रहेकाले सचेत भएर अघि बढ्नुपर्ने’ भन्दै ओलीले भने –’हाम्रो भूराजनीति धेरै जोखिमपूर्ण छ हामीले कूटनीतिक सम्बन्ध अघि बढाउँदा ख्याल गर्नुपर्छ। हामी सचेत भएर सम्बन्ध अघि बढाउँछौँ। नेता कार्यकर्ताले पनि सोही अनुसारको क्षमता विकास गर्नु पर्दछ ।’

‘कुनै पनि देशले आफ्नो अवस्थिति, विकासको अवस्था, आफ्नो विकास र सुरक्षालाई ध्यानमा राखेर नै अगाडि बढाउँछ । यसमा हामीले ध्यान दिनुपर्ने भूराजनीतिक स्थिति पनि छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘भौगोलिक अवस्था, विकासको स्तर, हाम्रो अर्थतन्त्रको स्टे«न्थ लगायतका यी परिस्थितिलाई ध्यानमा राखेर नीति अवलम्बन गर्नुपर्छ ।’

उनले एमाले तनावरहित छिमेक सम्बन्धको पक्षमा रहेको पनि बताए । ‘राष्ट्रहित, सीमा समस्या, प्राकृतिक श्रोतहरुलाई राष्ट्रहितमा सञ्चालन गर्नसक्ने अवस्थाको पक्षमा हामी छौं’, ओलीको भनाइ छ ।  अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारमा भएपनि नभएपनि दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित र भरपर्दो हुनुपर्ने भन्दै छिमेकीका निम्ती असल छिमेकी हुन चाहेको बताए ।

‘हामी हाम्रा छिमेकीहरुका लागि असल छिमेकी हुन चाहन्छौ र उनीहरुको कुभलो गर्दैनौं । विल्कुलै कुभलो नगरी छिमेकीहरुसँग भलो चिताएर, सहयोग पुर्याएर, चासो र चिन्तालाई समेत सम्बोधन गरेर अघि जान्छौ’, उनले आफ्नो भूमि कसैका लागि प्रयोग हुन नदिने पनि बताए ।  ‘हाम्रो देशमा कसैका सैनिक अड्डा राख्न दिँदैनौ । कुनै प्रकारका सैनिक गतिविधिहरु वा त्यस्ता अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौ’, ओलीको भनाइ छ । उनले आफ्नो सार्वभौम सत्तामा कम्परमाइज नगर्ने भन्दै पारस्पारिक हितमा अघि बढ्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com