काठमाडौं । सत्ता गठबन्धनले उपसभामुखमा राष्टिय स्वतन्त्र पार्टीको तर्फबाट सोविता गौतमलाई अघि सार्ने निश्चित भएको छ ।
गठबन्धनमा उपसभामुख रास्वपाको भागमा छ । रास्वपाको तर्फबाट गौतमलाई उपसभामुख बनाउने निधो भएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसित गौतमले भेटेपछि उपसभामुख पक्का भएको हो ।
भोलि हुने उपसभामुखको उम्मेदवारी दर्ताको विषयमा प्रचण्ड र ओलीसँग गौतमको छलफल भएको हो । छलफलमा ओलीले गौतमलाई भोलिको लागि तयार रहन भनेका थिए ।
ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको राम्रो छ । भोलिको लागि तयार रहनुस् ।’
यद्यपि, रास्वपाले उपसभामुख पाएपछि औपचारिक रुपमा उम्मेदवार टुंग्याएको छैन । उपसभामुखको उम्मेदवार छान्न भोलि बिहान संसदीय दलको बैठक बोलाएको छ ।







प्रतिक्रिया दिनुहोस्