ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इसा अवार्ड पाउँदा जीवनको एउटा तपस्या सफल भएको ठाने डा.सन्दुक रुइतले


ABC NEWS

 

काठमाडौं ५ माघ । विगत ३५ वर्षदेखि आँखा उपचार गरिरहेका डा। सन्दुक रुइतको नाम नसुन्ने सायदै कोही होलान्। आँखाको ज्योति गुमाएका एक लाख ८८ हजारलाई सुन्दर संसार देखाउन सफल यी डाक्टरलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरियो।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो। तर, १० लाख अमेरिकी डलर ९१३ करोड रुपैयाँ० को अवार्ड डा। रुइतले पाए।

अवार्ड घोषणा हुँदा सुरुमा उनलाई विश्वास लागेन। तर, जब उनी विश्वस्त भए, त्यसपछि खुसीले छटपटिन थाले। खबर कसलाई सुनाउँ, के गरौँ भयो।

आफूलाई पूर्ण रुपमा आँखा उपचारको क्षेत्रमा समर्पित गरेका उनलाई जिन्दगीभरिको तपस्या फलिभूत भएको महसुस भयो। उनलाई लाग्यो, ‘मेरो एकोहोर काम गराइलाई संसारले नियालेर हेरेको रहेछ।’

यो अवार्डले एउटा नेपालीले यस्तो काम पनि गर्दो रहेछ भनेर चिनाएको उनी बताउँछन्। विश्वसामु नेपालीको आत्मसम्मान र प्रतिष्ठानलाई केही माथि उठाउन यस अवार्डले सहयोग गर्ने उनको धारणा छ।

उनी यो आवार्डलाई आफ्नो जीवनकै कमाइ ठान्छन्। तर, आफूले जति मेहनत विदेशीले गरेको भए उसले पहिले नै अवार्ड जितिसक्ने समेत उनले बताए।

‘नेपाली भएकाले नै अवार्ड पाउन यत्रो समय लाग्यो,’ उनले भने, ‘विश्वसामु अन्धोपन निवारणमा नेपाल अब्बल छ भन्ने कुरामा कुनै द्विविधा नरहेको कुरालाई यसले सावित गरिदिएको छ।’

इसा अवार्डका लागि आफ्नो नाम पनि छनोट भएको केहीअघि सुइँको पाएको पनि उनले बताए।

‘यो कुनै सानोतिनो अवार्ड होइन, यसले नेपालको चिनारी र आत्मसम्मानलाई कति माथि लगेको छ भनेर बुझ्न आवश्यक छ,’ उनले भने।

‘म हेरिरहेको छु, राज्यले मलाई कसरी रेस्पोन्स गर्छ,’ उनी भन्छन् ‘यो निकै रोचक कुरा हो। अर्को हप्तासम्म वा केही समय कुरौँ।’

अझै पनि आँखा उपचारको पहँुच नपुगेका ठाउँमा सेवा पुर्याउन निरन्तर प्रयास गरिहेको उनले बताए।

नेत्र उपचार सेवालाई नाफारहित बनाएर लैजाने यो सुनौलो अवसर पनि भएको उनी बताउँछन्।

उनले विश्वभर आँखाको शल्यक्रिया शिविर चलाइरहेका छन्। जसअन्र्तगत नेपालमा १२ महिनाभित्र २५ हजार जनाको आँखाको शल्यक्रिया गरिसकिएको छ। अब इन्डानेसिया र लाओसमा शिविर सञ्चालन गर्ने योजना रहेको उनले सुनाए।

आवार्डका लागि रुइतको नाम घोषणा भएसँगै आफूमाथि थप जिम्मेवारी थपिएको उनले महसुस गरेका छन्।

नेपालका पँहुच नपुगेका ठाउँमा आँखाको स्तरीय सेवा सर्वसुलभ बनाउन अझै खट्ने उनले बताए।

त्यस्तै, नेपालमा डा रुइतको टिमले बनाइरहेको आँखाको लेन्स अहिले वर्षमा तीन लाख जति विदेश पठाइन्छ। तर अब त्यसलाई बढाएर वर्षमा १० देखि १५ लाख पठाउने योजना उनको छ।

अवार्डमा पाएको रकम कहाँ खर्च गर्ने भन्नेबारे अहिले नै योजना नभएको उनले बताए।

‘जसरी आफूले पाएको अवार्डबाट मेरा बिरामी, नेपालका जनसाधारणले खुसी समेटेका छन्, त्यसरी के राज्यले खुसी समेट्न सक्छरु’ उनले भने, ‘अहिलेसम्म मैले देखेको छैन र यदि सक्यो भने यसलाई कसरी रेस्पोन्स गर्छ मैले हेर्नै बाँकी छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com