ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिम प्रचण्ड :२३ मा नौ नयाँ अनुहार, गणतन्त्रवादी र राजावादीको बेजोड संयोजन


ABC NEWS

 

काठमाडौं ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्लाई विस्तार गरेका छन्। पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने ७ मध्ये पाँच दल सरकारमा सहभागी भएका छन्।
प्रचण्ड नेतृत्वको सरकारमा अव्वल गणतन्त्रवादी माओवादी र स्वयं प्रचण्डदेखि खुंखार राजावादी राप्रपा र स्वयं अध्यक्ष राजेन्द्र लिंगदेन समेतको टिम बनेको छ । अझ रमाइलो सवैभन्दा बढी प्रचण्डको बदख्वाईं गरेर सस्तो लोकप्रियता बटुलेका रवि लामिछोन समेत प्रचण्डको उपप्रधानमन्त्री भएका छन् । लामिछाने चितवन ३ बाट प्रचण्डले उमेद्वारी दिएको भए एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्रको डिजाइनमा त्यहींको तयारीमा थिए । प्रचण्ड गोरखा गएपछि लामिछाने चितवन ३ बाट चुनाव लडेका थिए ।
जनता समाजवादी पार्टी शक्ति बांडफांट मा असन्तुष्टी जनाएर र नागरिक उन्मुक्ति पार्टी ले भने रेशम चौधरीको रिहाई नभएसम्म सरकारमा सहभागी नभएका हुन् ।
सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। नयाँ दलका रूपका आएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्र होइन पुराना दलहरूले पनि नयाँलाई अवसर दिएका छन्।
टिम प्रचण्डमा ३वटा दलका अध्यक्ष र ४ वटा दलका बरिष्ठ उपाध्यक्ष समेत सरकारमा सहभागी छन् ।
माओवादीका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल, राप्रपाका प्रधान र पाण्डे तथा रास्वपाका अर्याल ती पार्टीका उपाध्यक्ष हुन् ।
प्रचण्ड नेतृत्वको सरकारमा एमाले र माओवादीबाट २ , २ जना र रास्वपाबाट १ जनना गरी ५ जना महिलाले ठाउं पाएका छन् ।
अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको काम सम्हाल्ने अवसर पाएका हुन्।

No photo description available.

 प्रचण्ड सरकारका नयाँ मन्त्री

रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पुस ११ गते नै उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका हुन्। उनी चितवन(२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।
केही महिनाअघि मात्र पार्टी गठन गरेर राजनीतिमा आएका लामिछाने त्यसअघि टेलिभिजन प्रस्तोता थिए। केही वर्ष अमेरिका बसेर उतैको नागरिकता र पासपोर्ट लिएका लामिछाने अहिले नेपाली नागरिकता पुनस्प्राप्तिको प्रक्रिया पूरा नगरेको विवादमा मुद्दा खेपिरहेका छन्।
उनीविरूद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ ११ देखि सुनुवाइ गर्नेछ।
राजेन्द्र लिङ्देन, उपप्रधान तथा ऊर्जा मन्त्री
गत वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बनेका लिङ्देन २०७४ मा पहिलो पटक सांसद बनेका थिए। यसपालि उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएर झापा(३ मा निर्वाचित भएका हुन्। उनले जितेका दुबै चुनावमा लिङ्देनलाई नेकपा ९एमाले०ले साथ दिएको थियो।
सांसद हुनुअघि उनी झापामा राप्रपाको राजनीति गर्थे। विद्यार्थीकालदेखि नै राप्रपाको राजनीतिमा लागेका लिङ्देन झापा जिल्ला विकास समितिको सभापति भएका थिए।
विमला पौडेल राई, परराष्ट्र मन्त्री
नेकपा ९एमाले० का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राई नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्। यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा ९एमाले० की सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्।
२०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय,अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन्।
त्यही अनुभवका आधारमा उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भइन्।
२०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन्। राष्ट्रिय सभामा उनको कार्यकाल २०८० को फागुनमा सकिन्छ।
शिशिर खनाल, शिक्षा मन्त्री
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका खनाल काठमाडौं ६ बाट निर्वाचित सांसद हुन्। सुरूमा स्वतन्त्र उम्मेदवारी दिएका उनले पछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी लिएका थिए। खनाल ुटिच फर नेपालुका संस्थापक हुन्, उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए।
डोलप्रसाद अर्याल, श्रम मन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल ९डिपी० राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति पनि हुन्। धादिङ घर भएका उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।
अर्याल रेमिट्यान्स व्यवसायी पनि हुन्। उनले केही समय जापानमा रहेर श्रम तथा रोजगारका क्षेत्रमा पनि काम गरेका थिए।
ध्रुवबहादुर प्रधान, कानून मन्त्री
राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानुन मन्त्री बनेका छन्। उनी पहिलो पटक सांसद भएको हुन्।
२०५३ सालमा प्रधान नेपाल प्रहरीका महानिरीक्षक बनेका थिए। २०५६ मा अवकाश भएपछि उनी राजनीतिमा आएका थिए। त्यसपछि लगातार चुनाव लड्दै आएका उनी यसपालि नवलपरासी पश्चिम(२ बाट निर्वाचित भएका हुन्।
सुदन किराती, पर्यटन मन्त्री
पर्यटन मन्त्री बनेका किराती माओवादी केन्द्र सांसद हुन्। किरातीले भोजपुरबाट चुनाव जितेका हुन्। उनले प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता शेरधन राईलाई हराएका हुन्। किरातीले भोजपुरबाट तेस्रो पटक सांसद जितेका थिए।
किराती माओवादी जनयुद्धमा सहभागी थिए भने झण्डै १ वर्ष जेल पनि परेका थिए।
अमनलाल मोदी, सामान्य प्रशासन मन्त्री
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका मोदी मोरङ(५ बाट निर्वाचित सांसद हुन्। उनी २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा उनी समानुपातिक सांसद बनेका थिए। माओवादी जनयुद्धकै समयमा उनी माओवादी मोरङको विद्यार्थी संगठन अध्यक्षसमेत थिए।
पदम गिरी, स्वास्थ्य मन्त्री
स्वास्थ्य मन्त्री बनेका गिरी पर्वतबाट प्रत्यक्षतर्फ निर्वाचित नेकपा ९एमाले० का सांसद हुन्। उनी २०७४ मा पनि पर्वतबाटै सांसद चुनिएका थिए। २०४७ सालदेखि राजनीतिमा आवद्ध भएका गिरी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापति भएका थिए।
हरि उप्रेती, रक्षा मन्त्री
रक्षा मन्त्री बनेका उप्रेती सर्लाही(३ बाट निर्वाचित भएका एमाले हुन्। उनी २०७० को निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७४ मा उनले टिकट पाएका थिएनन्। उनी अहिले एमाले केन्द्रीय सदस्य छन्। २०३७ सालमा अनेरास्ववियूको राजनीति सुरू गरेका उनी २०४४ देखि सक्रिय राजनीतिमा छन्। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता निखिल उप्रेती उनका भाइ हुन्।
राजेन्द्र राई, भूमि मन्त्री
धनकुटाबाट निर्वाचित एमाले सांसद राईले गत पुस ११ गते नै मन्त्रीको शपथ लिएका थिए। अहिले उनले भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्। राई २०७४ सालमा पनि धनकुटाबाट निर्वाचित भएका थिए। २०७० मा उनले चुनाव हारेका थिए। २०३५ सालदेखि विद्यार्थी राजनीति सुरू गरेका राई २०५१ सालमा धनकुटाको जिविस उपसभापति भएका थिए।
अब्दुल खान, वन मन्त्री
खान सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष हुन्। उनी सुरूदेखि नै राउतको अभियानमा सक्रिय थिए।यसपालि उनी समानुपातिकतर्फ सांसद बनेका हुन्। बर्दियाका खान पार्टीमा प्रशिक्षक थिए। उनले पनि पुस ११ गते नै मन्त्रीको शपथ लिएका थिए। उनले पाउने मन्त्रालय भने अझै टुंगो लागेको छैन।
तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी छन्। ललितपुर-३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी ३३ वर्षीया कार्की मेडिकल काउन्सिलकी पूर्व सदस्य हुन्। कार्कीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेकी थिइन्।
उनी चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले गरेको सत्याग्रह अभियानमा सक्रिय थिइन्।
सुशीला श्रीपाली, पर्यटन राज्यमन्त्री
पर्यटन राज्यमन्त्री बनेकी श्रीपाली २०४६ सालदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी हुन्। २०५४ सालसम्म भारतमै रहेर माओवादी आन्दोलनमा सहभागी भएकी थिइन्। उनी २०५४ भदौदेखि नेपालमै रहेर माओवादी आन्दोलनमा लागेकी हुन्। उनी अहिले माओवादी केन्द्रीय सदस्य छन्। उनका श्रीमान डम्मरसिंह ठकुरी सेना समायोजनमार्फत् नेपाली सेनामा छन्। २०६८ मा उनी दलित आयोगको सदस्य भएकी थिइन्। उनी अहिले समानुपातिक सांसद हुन्। राजधानी बाहिर भएकाले उनले आज शपथ भने लिन पाइनन्।
दीपकबहादुर सिंह, ऊर्जा राज्यमन्त्री
ऊर्जा राज्यमन्त्री बनेका सिंह मकवानपुर(१ बाट निर्वाचित सांसद हुन्। उनले नेकपा ९एमाले० को चुनाव चिन्ह लिएर उम्मेदवार बनेका कमल थापा र कांग्रेसका डिना उपाध्यायलाई हराएका हुन्।
गत वैशाखको चुनावमा उनी हेटौंडा उपमहानगरको मेयरमा पराजित भएका थिए। मकवानपुरबाट पटक(पटक विभिन्न निर्वाचन लडेका उनी यसपालि पहिलो पटक विजयी भएका हुन्। उनी ज्ञानेन्द्र शासनकालमा मकवानपुरको जिविस सभापति भएका थिए।

२३ सदस्यीय प्रचण्ड मन्त्रिपरिषदमा १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिए, नौ जना नयाँ अनुहार (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com