ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२३ सदस्यीय प्रचण्ड मन्त्रिपरिषदमा १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिए, नौ जना नयाँ अनुहार (फोटो फिचर)


ABC NEWS
माघ ३, २०७९ मंगलबार  १ : २५ बजे

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन् ।

मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३: ३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १(१ राज्यमन्त्री पाएका छन् । तीन राज्यसहित २५ सदस्यीय मन्त्रीमण्डल रहने व्यवस्था अनुसार २२ जना फुल मन्त्री बनाउँदा ९ नयाँले अवसर पाएका हुन्।

माओवादीले पाएको प्रधानमन्त्रीसहित ६ मन्त्रीमध्ये २ जना नयाँ छन्। बाँकी ४ जना पुरानै अनुहार हुन्।

यस्तै एमालेले ८ मन्त्री पाउँदा ६ जना नयाँ छन्। बाँकी दोहोरिएका हुन्।

राप्रपाबाट २ नयाँले अवसर पाएका छन्। बाँकी १ जना दोहोरिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी  का सबै मन्त्री नयाँ हुन्।

मंगलबार विस्तार भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा माओवादीबाट सुदर किराती, अमनलाल मोदीले पहिलो पटक मन्त्रीको अवसर पाएका हुन्।

यी दुवैजनाले लगातार तीनपटक सांसद जितेका छन् र तेस्रो पटकमा बल्ल मन्त्री बन्ने अवसर पाएका छन्।

एमालेबाट धनकुटाका सांसद राजेन्द्रकुमार राई, पर्वतका सांसद पदम गिरी, बैतडीका दामोदर भण्डारी, सुनसरी ३ बाट निर्वाचित भगवती चौधरी, सर्लाही क्षेत्र नम्बर ३ बाट निर्वाचित हरि उप्रेती र राष्ट्रिय सभा सदस्य विमला शर्मा पौड्यालले पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष राजेन्द्र लिङ्देन, महामन्त्री तथा सांसद ध्रुबबहादुर प्रधानले पनि पहिलो पटक मन्त्रालयको नेतृत्व पाएका छन्।

रास्वपाबाट सबै नयाँ
नयाँ पार्टी गठन गरेको ६ महिनामै प्रतिनिधि सभाको २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएका सबै मन्त्री नयाँ हुन्।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री बनेका डोलप्रसाद अर्याल पनि पहिलो पटक मन्त्रालय हाँक्दैछन्।

त्यसैगरी जनमत पार्टीका अब्दुल खान पनि पहिलो पटक मन्त्री बन्दैछन्। जनमत अध्यक्ष डा। सीके राउतले मन्त्री नबन्ने बताएपछि उनले अवसर पाएका हुन्।

 

मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र ३ राज्यमन्त्रीले शपथग्रहण गरेका छन् ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३-३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १-१ राज्यमन्त्री पाएका छन् ।

नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् भने राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले शपथ खुवाएका थिए । हेरौँ तस्बिर :

WhatsApp Image 2023-01-17 at 13.21.16WhatsApp Image 2023-01-17 at 13.21.17 (1)WhatsApp Image 2023-01-17 at 13.21.17WhatsApp Image 2023-01-17 at 13.21.18WhatsApp Image 2023-01-17 at 13.21.19 (1)WhatsApp Image 2023-01-17 at 13.21.19

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

सम्बन्धित

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

‘सामाजिक सञ्जालको भ्रममा नपर्नुहोस्, प्रश्न सोध्न नछोड्नुहोस्’ : प्रचण्डको भावुक सम्बोधनमा नयाँ पुस्ताप्रति आग्रह

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com