ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी उपमहासचिव पुनलाई एअर एम्वुलेन्सबाट काठमार्डौं ल्याइयो,सुमेरुमा भर्ना


ABC NEWS
पुस ३०, २०७९ शनिबार  ४ : ४६ बजे

 

 

काठमाडौँ ३० पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आकस्मिक रुपमा रोल्पाबाट काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको छ । दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्र रोल्पा पुगेका पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि हेलिकप्टरबाट आकस्मिक उद्धार गरी काठमाडौं ल्याइएको हो । पुनलाई सुमेरु अस्पताल ललितपुरमा भर्ना गरिएको छ ।

पुन निर्वाचनपछि पहिलोपटक रोल्पाको रुन्टीगढी गाउँपालिकामा न्यानो कपडा वितरणका लागि बिहीबार सडक मार्गबाट त्यहाँ गएका थिए ।पूर्वमन्त्री वर्षमान पुन पछिल्लो समय चीनमा उपचार गराएर पुस ५ गते मंगलबार स्वदेश फर्किएका थिए । वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो ।

पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ । पुनलाई यसै बर्ष पहिला थाइल्यान्ड र पछि दुई पटक सम्म चीनमा उपचार गरिएको थियो । पछिल्लो पटक चीनमा उपचार भइरहेकै बेला पुन यहाँ सरकार गठनको तयारी भएपछि नेपाल फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

सम्बन्धित

जेनजी आन्दोलन प्रतिवेदन: ओली, लेखक र सिग्देलविरुद्ध कारबाही सिफारिस

“रास्वपा जित्यो भन्दा बढी सत्य कांग्रेस हार्‍यो” – विश्वप्रकाश शर्माको २७ बुँदे समीक्षा प्रतिवेदन (पूर्णपाठ)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com