ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा सांसदमाथि सहकारीको लाखौं हिनामिना आरोप


एबीसी न्यूज

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सांसद बनेका डा। ढाकाकुमार श्रेष्ठमाथि पोखराको एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । श्रेष्ठले आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको हो ।

आर्थिक कारोबार अस्तव्यस्त बनेपछि यो सहकारी बिचमा बन्द पनि भएको थियो । सहकारीमा लाखौँ रुपैयाँ राखेका बचतकर्ताले उजुरी दिएपछि मात्रै विवाद सतहमा आएको हो ।बचतकर्ताले पोखरा महानगरपालिकाको सहकारी महाशाखामा उजुरी दिएका छन् । केन्द्रमा रास्वपाबाट मन्त्रीको लागि लबिङ गरिरहेका श्रेष्ठ एकाएक विवादमा मुछिएपछि उनले बिहीबार पत्रकार सम्मेलन पनि गरेका छन् । पत्रकार सम्मेलनमार्फत उनले सहकारीमा समस्या रहेको स्वीकार गरे । आफूलाई फसाउन खोजिएको उनको दाबी छ । सांसद हुनुअघिसम्म खासै चर्चामा नरहेका श्रेष्ठले केही वर्ष पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका थिए । निजी क्लिनिक पनि चलाउँथे । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएपछि भने उनी त्यसको गण्डकी प्रदेश सभापति बने । जिल्लामा संगठन पनि बनाए । रास्वपाको सबैभन्दा बढी संगठन गण्डकीमा नै बनेको जस लिँदै उनी आदिवासी जनजाती क्लस्टरबाट सांसद बन्न पुगे । चुनाव हुनुभन्दा एक महिना अघिमात्रै सहकारी छाडेका श्रेष्ठमाथि पनि आर्थिक हिसाबकिताब नबुझाएको आरोप लागेको हो ।

उनै श्रेष्ठ अहिले सहकारीको आर्थिक विवादमा मुछिएका हुन । हुन त उनले सांसद बन्नुअघि गत कात्तिकमा नै सहकारी छाडेका थिए । तर, सहकारीको नियम प्रक्रिया केही नबुझेको नयाँ कार्यसमिति र पुरानो कार्यसमिति बिचतको समन्वय अभावका कारण सहकारीको कारोबार नै प्रभावित बनेको थियो ।

डा. श्रेष्ठ आफैँले नयाँ कार्यसमितिलाई बरबुझारथ गर्नुपर्नेमा आफूलाई थाहा नभएका कारण नगरेको बताएका छन् ।सहकारीले विशेषत किसानहरूसँग पोल्ट्रीको काम गर्ने गर्थ्यो । यो सहकारीका सेयरधनी पनि किसानहरू नै छन् । संस्थाले १० हजार, २५ हजारदेखि लाखौँ रुपैयाँसम्म १०५ जना सेयरधनीबाट उठाएको उनले बताए ।२०५९ सालमा स्थापित यो सहकारीले बचतकर्ताहरूको ८२ लाख ७२ हजार दुई सय रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । तर, रकम नै नभएपछि कार्यालय नै बन्द गरिएको कोषाध्यक्ष तारापति सुवेदीले बताएका छन । सहकारी बन्द भएसँगै बचतकर्ताहरूले आफ्नो रकम फिर्ता गर्न पोखरा महानगरपालिकाको सहकारी महाशाखा गुहारेका थिए । उनीहरूले सहकारी डुब्नुमा निवर्तमान अध्यक्ष ढाकाकुमार श्रेष्ठसमेत दोषी रहेको जिकिर गरेका थिए ।यता डा. श्रेष्ठले भने बजारबाट एक करोडभन्दा बढी रकम उठ्न बाँकी रहेकाले सहकारीमा समस्या नभएको दाबी गरे । शुक्रबार नै आफूले बजारबाट रकम उठाउनका लागि कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।सहकारीमा कुनै समस्या नरहेको दाबी गरेपनि पत्रकार सम्मेलनमा नै सहकारीको विषयमा उनकै अगाडि फरकफरक कुरा सार्वजनिक भएका छन् ।

सञ्चालक समितिमा रहेकाले नै तिरेनन् ऋण

यता सोही सहकारीमा म्यानेजर पदमा रहेर काम गरेका विशाल बस्ताकोटीले सेवाग्राहीको रकम हिनामिना गर्न संस्था दोषी रहेको जिकिर गरेका छन् । उनले २५ हजारको जागिर खानका लागि १० लाख रुपैयाँ लिएर आउन भनेपछि पदबाटै राजीनामा दिएको दाबी गरे । “२५ हजारको जागिर खान मलाई १० लाख रुपैयाँ ल्याउन भनियो । त्यसपछि मैले सहकारी छाडेँ,” उनले भने ।बस्ताकोटीले संस्थाको कार्यसमितिलाई पटक–पटक सूचना गर्दै आपत्कालीन बैठक डाक्दासमेत कोही पनि नआउँदा संस्था बन्द गर्नुपर्ने स्थितिमा आएको बताए । उनका अनुसार संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको थियो । “मेरो कार्यकालमा संस्थाकै सेयर सदस्यले ३० लाख रुपैयाँ ऋण तिर्न बाँकी थियो । यदि उनीहरूले त्यो रकम दिने हो भने बचतकर्तालाई रकम प्रदान गर्न गाह्रो छैन । संस्थाको अडिटमा समेत समस्या छ । ऋणमा गएको संस्था नाफामा गएको अडिट भएर आयो यो सुन्दा अचम्म लाग्यो,” उनले भने  सहकारीबाट बिना धितो ऋण प्रवाह गरिएको र गलत अडिट रिपोर्ट पेस भएको दाबी गरे ।संस्थाका वर्तमान अध्यक्ष डा. शनि पाठकले बिहीबार आफूहरू संस्थामा आउँदा माइन्युटमा प्रतिमहिना ५र६ लाख रुपैयाँ नाफामा गएको देखाइएको बताएका थिए ।

“प्रतिवेदनमा पनि संस्था ६–७ लाख रुपैयाँ नाफामा देखाइएको थियो, डा. पाठकले भने, अहिले पो थाहा भयो, संस्था डामाडोल रहेछ । हिसाबकिताब कसरी मिलाउने ?,” उनले भनेका छन् । श्रेष्ठले सहकारीबाट राजीनामा दिँदै गर्दा अडिट गरेर बुझाएको बताएका छन् ।पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिले जारी गरेको विज्ञप्तिमा पनि डा. श्रेष्ठले सबै कुरा नबिगारेको उल्लेख गरिएको छ । उनले आफूलाई फसाउन खोज्नेहरूको अडिट रिपोर्ट पनि रहेको दाबी गरे, तर सार्वजनिक भने गरेनन् ।

“निवर्तमान अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठको नाम जोडिएर आएकोले सबै कुरा उहाँले नबिगारेको र निवर्तमान कार्यसमिति र वर्तमान कार्यसमितिमा सल्लाह नभएको कारण यस्तो अवस्था आएको हो । तर, डा. श्रेष्ठले सहकारीका चल अचल सम्पत्ति हिनामिना नगरेको यस विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ,” डा. श्रेष्ठ, डा. पाठक, सहकारीका सचिव धु्रवराज पौडेल र कोषाध्यक्ष तारापति सुवेदीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com