ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेरो यो कार्यकाल परीक्षाका रुपमा छ, केही गरेरै छाड्छु : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
पुस २९, २०७९ शुक्रबार  १२ : ४६ बजे

काठमाडौं २९ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकाललाई ठूलो परीक्षाको रुपमा लिएको बताएका छन् ।

शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् ।ले यस्तो धारणा राखेका हुन् ।
‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन,’ प्रधानमन्त्री दाहालले भने ‘आफ्नो कार्यकाललाई यो पटक ठूलो परिक्षाको रुपमा लिएको छु । भाषण कम गर्छु धेरै राम्रो काम गरेर देखाउँछु ।’

सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने दाबी पनि प्रधानमन्त्री दाहालले गरे ।

यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी छहै भनेर केही खबरदारी गरेको जस्तो देखिएको पनि प्रधनमन्त्री दाहालले बताए ।

‘यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको छ’ उनले भने ‘तर अझै आशा बाँकी छन जस्तो गरी मत पनि दिएका छन् । जनताले पार्टीहरुलाई अग्नि परिक्षामा राखेका छन् ।’

‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र विस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्न प्रतिबद्ध छ ।’

प्रधानमन्त्रीले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए । उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसद्को सम्बोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु।’

प्रधानमन्त्री दाहालले हस्तकला निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताए । वाणिज्य मन्त्रालय र हस्तकला महासंघ बीचमा सहकार्य गरेर देशले राम्रो फाइदा लिन सिक्ने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘प्रतिनिधि सभाको बनोट हेर्ने हो भने जनताले पुराना शक्ति र नेतृत्वप्रति निरासा पनि व्यक्त गरेका छन्। तर जनताले विवेक पुर्‍याउँदै निषेध पनि गरेका छैनन्,’ उनले भने, ‘जनताको दैनिकीलाई सहज बनाउन म अग्निपरीक्षामा छु। यो परीक्षा पास गर्नेपर्ने स्थिति छ।’

प्रतिनिधि सभाको परिणामले अहंकार देखाउने छुट कसैलाई नदिएको उनले बताए।
अर्थतन्त्रको संकट समाधान गर्न सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै केही निर्णय गरेको भन्दै उनले निजी क्षेत्रलाई विश्वारसमा लिएर मात्रै मुलुकले आर्थिक विकास गर्न सकिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com