ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष ३ महिना कैद


ABC NEWS
पुस २९, २०७९ शुक्रबार  ७ : ०७ बजे

 

 

 

काठमाडौं । अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, ३ वर्ष ३ महिना कैद र ३९ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टचारको मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले पाठकलाई भ्रष्टचारी ठहर गरेको हो ।

भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको सम्बोधन विवाद मिलाउने भन्दै अख्तियारका आयुक्त पाठकले लम्बोधर न्यौपानेमार्फत् ७८ लाख रुपैयाँ घुस लिएको स्वीकारोक्तिको भिडियो बाहिरिएको थियो । घुस लेनदेन गरेको स्वीकारोक्तिको भिडियो बाहिरिएपछि अख्तियार आँफैले पूर्व आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोधर न्यौपानेविरुद्ध २०७५ चैत १२ गते विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
करिब ४ वर्ष चलेको मुद्दामा बिहीबार विशेष अदालतले अख्तियारकै पूर्व आयुक्त पाठक र कलेजका अध्यक्ष न्यौपानेलाई भ्रष्टाचारको उद्योग गरेको भन्दै जनही तीन वर्षको कैद सजाय र भ्रष्टाचार उद्योगमा घुस बार्गेनिङको आधा रकम अर्थात् जनही ३९ लाख रुपैयाँ जरिवाना गराउने फैसला गरेको हो । राजनारायण पाठक तत्कालीन समयमा बहालवाला आयुक्त रहेको कारण पाठकलाई थप तीन महिना कैद सजाय हुने फैसलासमेत सुनाएको छ ।

विशेष अदालतका प्रवक्ता उपरजिष्ट्रार दीपेन्द्रनाथ योगीका अनुसार पाठक र न्यौपानेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अनुसार घुस लिने र दिने दुवैलाई सजाय गरिएको हो ।
ऐनको दफा ३ मा ‘रिसवत लिने दिनेलाई सजाय’ सम्बन्धी व्यवस्था गरिएको छ ।

दफा ३ मा भनिएको छ,

९१० राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिए बापत वा नगर्न वा नगरिदिए बापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा कुनै व्यक्तिलाई मोलाहिजा वा अनिष्ट गर्न वा गराइदिए बापत वा नगर्न वा नगराइदिए बापत आफ्नो वा अरू कसैको निमित्त रिसवत लिएमा वा लिन मञ्जुर गरेमा देहाय बमोजिमको रिसवत लिनेलाई वा लिन मञ्जुर गर्नेलाई कसुरको मात्रा अनुसार देहाय बमोजिम कैद र बिगो बमोजिम जरिबाना हुनेछ । रिसवत लिइसकेको भए सो रिसवत समेत जफत हुनेछ ।’

दफा ३ को उपदफा १ ज मा ५० लाखभन्दा बढी एक करोड रुपैयाँसम्म घुस लेनदेन गरेमा वा लिन मञ्जुर गरेमा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । कलेजको सम्बन्धन विवाद मिलाउन कलेजका सञ्चालक न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ दिएको स्वीकारोक्तिको भिडियो सार्वजनिक भएपनि रकम बरामद हुन नसकेको कारण उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको उद्योग गरेको भन्दै कुल सजायको आधा सजाय गरिएको हो । कसुर गरेको पुष्टी हुने बरामदी नगद फेला नपरेको भएपनि रिसवत लेनदेन गर्न मञ्जुर गरेको कारण कुल सजायको आधा सजाय हुने गरी न्युनतम ६ वर्ष कैदको आधा अर्थात् ३ वर्ष कैद र कुल ७८ लाख रुपैयाँ जरिवानाको आधा जनही ३९ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

सोही ऐनकै दफा २४ अनुसार पाठकलाई थप तीन वर्षसम्म कैद सजाय गर्न सक्ने व्यवस्था बमोजिम थप तीन महिना कैद सजाय हुने फैसला सुनाइएको हो । फैसलाको पूर्णपाठ आउन भने बाँकी नै छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com