ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाणिज्य बैकहरुले माघमा निक्षेपको ब्याजदर घट्ने, अधिकतम ब्याजदर ११ प्रतिशत


ABC NEWS

 

काठमाडौँ २८ पुस । वाणिज्य बैंकहरुले माघ महिनामा निक्षेपको ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । माघदेखि वाणिज्य बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर कायम गर्नेछन् ।

एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत कायम हुनेछ भने साधारण बचतमा ६ प्रतिशत ब्याज दिनुपर्नेछ ।

बजारमा सकारात्मक सन्देश दिन पनि ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले बताए । तरलता अवस्थामा सुधार आएको र समग्र ब्याजदर धेरै माथि जान नदिनका लागि पनि निक्षेपको ब्याजदर घटाउने निर्णय भएको उनको भनाइ थियो । ‘संघको बैठकले ब्याजदर घटाउने निर्णय गरे पनि सदस्य बैंकहरुसँग सहमति लिन बाँकी छ,’ उनले भने, ‘संघको निर्णय सबै बैंकहरुले मान्नुहुन्छ भन्ने विश्वास छ ।’
वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएको, समग्र ब्याजदर धेरै माथि पुगेको, बैंकहरुको लागत कम गर्नु परेको लगायत कारण ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

पुससम्ममा बैंकहरूले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधारण बचतमा ७.१३३ प्रतिशत ब्याज दिइरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com