काठमाडौं २८ पुस । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पूर्व एमाले नेता घनश्याम भुसाललाई पार्टीमा छिटोभन्दा छिटो आउन पत्रााचार गरेको छ ।
भुसालले यसअघि पुस २६ मा पार्टी प्रवेशको छलफलका लागि पठाएको ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेजको उत्तर दिँदै समाजवादीले स्वागत पत्र पठाएको हो।
भुसालले त्यसबेला उठाएका विषयहरुलाई सम्बोधन गर्दै समाजवादी महासचिव बेदुराम भुसालले बिहीबार उनलाई उक्त स्वागत पत्र पठाएका हुन्।
‘हामीले २०७७ चैत्र ४–५ मा आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने जुन दृढ अठोट गरेका थियौँ। त्यसमा नेकपा ९एकीकृत समाजवादी० आज पनि प्रतिबद्ध छु, महासचिव भुसालले पत्रमा भनेका छन्, पार्टी निर्माणसम्बन्धी तपाईंले राख्नु भएका धारणा उक्त प्रतिबद्धता अनुरूप नै छन्। त्यसैले तपाईं अब छिटोभन्दा छिटो नेकपा एकीकृत समाजवादी मा आवद्ध भएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको यस महान अभियानमा सरिक हुन हार्दिक अनुरोध छ।’
समाजवादीले भनेको छ ‘कुनै दिन नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा ९एकीकृत समाजवादी० मा कायम रहेको सैद्धान्तिक बिन्दुमा नफर्किकन सुखै छैनु भन्ने तपाईंको विश्लेषण पार्टीको तत्सम्बन्धी विश्लेषणसँग मिल्दो छ । नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा ९एमाले० को नवौँ महाधिवेशनको निर्णयप्रति नेकपा एकीकृत समाजवादीअहिले पनि प्रतिवद्ध छ। नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो। समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो।’भुसाललाई स्वागत पत्र पठाएसँगै अब उनी केही दिनमै समाजवादीमा प्रवेश गर्दैछन्। मंसिर ४ को निर्वाचनअघिसम्म उनी एमाले स्थायी कमिटी सदस्यसँगै अर्थ तथा योजना विभाग प्रमुख पनि पनि थिए।
भुसालले समाजवादी प्रवेशका लागि महासचिव पद मागेका छन्। उक्त पद दिन समाजवादी तयार भइसकेको छ। तर उनलाई पहिले पार्टीमा प्रवेश गराएर केही बैठकमा सहभागी गराएपछि उक्त पद दिने तयारी अध्यक्ष नेपालले गरेका छन्।







प्रतिक्रिया दिनुहोस्