ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् विस्तार माघ ५ सम्म पुग्न सक्ने, साझेदार दलबाट मन्त्रालयमा दोहोरो दावी


ABC NEWS
पुस २८, २०७९ बिहीबार  ७ : १५ बजे

 

काठमाडौं २८ पुस । सत्तासाझेदार दलहरूले प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् पूर्णतालाई प्राथमिकतामा राखे पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन अझै एक हप्तासम्म लाग्ने देखिएको छ। सरकारमा सहभागी हुने दलको संख्या निश्चित नभएको र समर्थन गर्ने दलका आ–आफ्नै शर्त र दावीले गर्दा मुख्य सत्तासभाmेदार दलका नेताहरु प्रचण्ड र केपी शर्मा ओली नहतारिने मुडमा पुगेका छन् । दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी छलफल अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपीको ओलीको बताए पनि सभामुखको निर्वाचनसम्म मन्त्रिपरिषद् विस्तार लम्विने प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिएर सरकारको काम र सेवाप्रवाह तीव्र ढंगले अघि बढाउन चाहन्छन् । तर सत्ता साझेदारदलहरुका बीचको आन्तरिक झमेलाले अवरोध र्जिना भएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र समेत रहेको गोर्खाबाट फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डले बुधबार साँझ एमाले अध्यक्ष ओलीलाई भेटेर मन्त्रिपरिषद्को पूर्णतासहित शक्ति बाँडफाँट टुंग्याउन आग्रह गरेका छन ।

प्रचण्ड–ओलीबीचको डेढ घन्टा लामो छलफलमा दुई दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी साझेदार दलहरूसँग छलफल अघि बढाउने समझदारी गरेपनि त्यसस्तो हुने सम्भावना कम देखिएको छ ।

५ माघमा सभामुखको निर्वाचन तोकिएकाले पनि बढीमा तीन–चार दिनभित्रै शक्ति बाँडफाँट प्याकेजमै टुंग्याउनुपर्ने दबाबमा सत्तासाझेदार दलहरू छन् ।

अहिलेसम्म सरकारलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी माग पूरा नभएसम्म सरकारमा नआउने सर्त राखेर प्रतिपक्षी बेन्चमा बसेको र विश्वासको मत दिएको एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डसँग अलग्गै छलफलमा रहेकाले मन्त्रिपरिषद्मा सामेल हुने सम्भावना कम छ ।

बिहीबारबाटै शक्ति बाँडफाँटकेन्द्रित छलफल गर्ने सत्तासाझेदार दलहरूको तयारी छ । बिहीबारबाट मात्र मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटकेन्द्रित छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘विश्वासको मतका कारण दायरा फराकिलो भएकाले प्रधानमन्त्री सकभर समर्थन गरेबाहेकका दललाई पनि समेटेर अगाडि बढ्नुपर्छ भन्ने सोचमा हुनुहुन्छ,’ प्रचण्डको स्वकीय सचिव रमेश मल्लले बताए ।

शक्ति बाँडफाँटमा साझेदार दलहरूबीच औपचारिक छलफल सुरु नभए पनि अहिले रहेको २२ मन्त्रालयभन्दा बढी संख्यामा उनीहरूले दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सांसद संख्याको अंकगणित जे–जति भए पनि एक–दुईवटा मन्त्रालयमा ‘कम्प्रमाइज’ गरेर समर्थन गर्ने सबै दललाई मिलाएर लैजाने समझदारी छ । अहिलेसम्म एमालेले ८, माओवादीले ६ मन्त्रलायल राखेर अरू मन्त्रालय बाँडफाँट गर्ने प्रचण्ड र ओलाीले समझदारी गरेका छन् ।

दलका मन्त्रालयमा आआफ्नै दावी

माओवादी : परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, उर्जा

एमाले : रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, परराष्ट्र

राष्ट्रिय स्वतन्त्र पार्टी : श्रम, रोजगार तथा सामाजिक, शिक्षा विज्ञान तथा प्रविधि वा स्वास्थ्य तथा जनसंख्या वा युवा तथा खेलकुद

राप्रपा : ऊर्जा, जलस्रोत तथा सिँचाइ, वन

जसपा : परराष्ट्र, सहरी विकास तथा गरिबी निवारण

जनमत पार्टी : उद्योग वाणिज्य तथा आपूर्ति
दाबी नपरेका मन्त्रलाय
-खानेपानी तथा ससरसफाई,

-महिला बालबालिका,

  • कृर्षि

गोरखाबाट सिधै प्रधानमन्त्री प्रचण्ड बालकोट पुगे, कांग्रेसको विश्वासको मतबारे मन्थन

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com