ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्डको पक्षमा सिंगै संसद विश्वासको मतको पक्षमा २६८ विपक्षमा जम्मा २ मत


ABC NEWS

काठमाडौं २६पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएएको १६ दिनमा संसदबाट भारीमतका साथ विश्वासको मतस प्राप्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले संसद मा रहेका १२ दल मध्ये १० दल र तीन जना स्वतन्त्र सांसद गरी जम्मा २६८ मत पाएका छन् । प्रचण्डको विपक्षमा १–१ सिट रहेका राजमो र नेमकिपाका दुई जना, तथा मोरंग ५ बाट निर्वाचित एमालेका बागी स्वतन्त्र सांसद मात्र उभिएका छन् ।


आश्चार्यजनक रुपमा प्रमुख प्रतिपक्षी र संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

संसदमा नेका ८९, एमाले ७९, माआवादी ३२, रास्वपा २०, राप्रपा१४, जसपा १२, एस १०, जनमत ६, लोसपा ४ नाउपा ४, राजमो र नेमकिपा १,१ र स्वतन्त्र तीन जना सांसद रहेका छन् ।
सत्ता साझेदारका रुपमा नेका, लोसपा, एस र राजमो तथा नेमकिपा बाहेकका ७ दल रहेका छन् ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर यही संसदीय कार्यकालमा पुनः प्रचण्डसंग सत्ता साझेदारीको ढोका खुला नै राखेको रुपमा समेत हेरिएको छ । नेपालको संसदीय इतिहासमा दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार वा एकल बहुमत प्राप्त दलको प्रधानमन्त्रीको पक्षमा सबै दल खडा भएको यो पहिलो घटना हो । प्रधानमन्त्री प्रचण्डको यो तेस्रो कार्यकाल हो ।

२०५१ सालमा ततकालीन संसदको सबैभन्दा ठूलो दल एमालेको अल्पमतको सरकारलाई बाध्यात्मक रुपमा कांग्रेसले विश्वासको मत दिएको थियो । त्यो बेला कांग्रेसले एमाले अध्यक्ष मनमोहन अधिकारीलाई विश्वासको मत दिएको ८ महिना नपुग्दै कांग्रेसले नै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सोही प्रस्तावका कारण २०५२ साल भदौमा नेकाका शेरबहादुर देउवा पहिलो पटक राप्रपाको सहयोगामा प्रधानमन्त्री बनेका थिए ।
संसदमा रहेका सबै दल आफ्नो पक्षमा उभिएको घटनालाई प्रधानमन्त्री प्रचण्डले संघीय संसदले आफूमाथि न्याय गरेको टिप्पणी गरेका छन् । प्रचण्ड गणतन्त्र, शान्ति प्रक्रिया, संविधानसभाका नायक हुन् । उनको नेतृत्वमा २०५२ सालदेखि २०६२ सालसम्म सशस्त्र संघर्ष भएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com